top of page

उद्योगको मेसीनरी समेतको हिनामिना गरेको सम्बन्धमा

उपरोक्त उद्योगको काठमाण्डौँ, का.म.न.पा. कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि.नं. २६६, २६७ र २६८ स्थित भवन—जग्गा सम्पत्ति मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा. लि.लाई सेटिङ्गमा बिक्री गर्नका निम्ति राष्ट्रिय वाणिज्य बैंकले त्यहीँ सम्पत्ति भित्र रहेको सम्पूर्ण रु. ४,०३,२१,०५४/– (रु. चार करोड तीन लाख एक्काईस हजार चौबन्न रुपैया) मेसिनरी समेतलाई जुन अर्को बैंकको धितोमा रहेको भनेर थाहा हुदाँ—हुदैँ पनि राष्ट्रिय वाणिज्य बैंकले कव्जामा लिई लिलामी गरेको र लिलामी रकमको अत्तोपत्तो नरहेको जानकारी गराउन चाहन्छु ।

ताहाचलको सोल्टीमोड स्थित उद्योगको कि.नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग, भवन नम्बर (२) ब्रान्च हल र कि. नं. ३७४, ३७३, ३७२ र ८९ मा रहेको भवन नम्बर (३) न्यू विल्डङ्ग मा रहेको जे—जति सम्पूर्ण मेसिनरी नेपाल बैंक अफ सिलोन (NBOC) लाई मिति २०५८/५/२० मा (5thSeptember 2001) बैंकलाई (तमसुक) कागज गरी धितो (सुरक्षण) राखिएको थियो ।

उक्त उद्योग परिसरको तीनवटै भवनहरुमा रहेको मेसिनरीको विमाका लागि नेपाल बैंक अफ सिलोन (NBOC) ले नेशनल इन्स्योरेन्स कम्पनी लि. बाट 204/KBD/7500058/01-02 05.09.2004,तोरख 5th September 2001 (मिति २०५८/०५/२०) को विमा लेखबाट धितो लिएको उक्त मेशिनरी उपकरणको जम्मा बिमा गर्दा मूल्य रू. ७,०९,३२,०९७/– (अक्षरेपी रु. सात करोड नौ लाख बत्तीस हजार सन्तानब्बे मात्र) तय गरिएको थियो ।

ती मध्ये उपरोक्त उद्योगको कि.नं. २६६, २६७ र २६८ स्थित घर—जग्गा सम्पत्ति मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा. लि. लाई सेटिङ्गमा बिक्री गर्नका निम्ति बदनियतका साथ राष्ट्रिय वाणिज्य बैंकले कित्ता नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग , नम्बर (२) ब्रान्च हल भित्र रहेको सम्पूर्ण रु. ४,०३,२१,०५४/– (रु. चार करोड तीन लाख एक्काईस हजार चौबन्न रुपैया) मेसिनरी समेतलाई अर्को बैंकको धितोमा रहेको भनेर थाहा हुदाँ—हुदैँ पनि अवैधानिक तरिकाले कव्जामा लिई बदनियतपूर्वक नयाँ वर्ष मिति २०६२/०१/०१ मा मेसिनरीको लिलामी निकालेको थियो ।

यस सम्बन्धमा समेत सबै तथ्य प्रमाणहरु सहित शिकायत नेपाल राष्ट्र बैंकमा गरेको थिए । तत्कालिन गर्भनर विजयनाथ भट्टराईलाई पटक—पटक मिति २०६२/०१/०२, मिति २०६२/०१/१२ र पुन मिति २०६२/०१/२२ मा निवेदन गरी हस्तक्षेप गरी अवैधानिक कार्य रोक्न माग गरेको थिए ।

  • उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको रा. वा. बैंक शाखा कार्यालयबाट रा. बा. बैंक केन्द्रिय कार्यालयलाई लेखेको धितो विवरण पत्र मिति २०५८/१२/०१ को पत्र संख्या च. नं. ६२६ र मिति २०५८/०५/२९ को पत्र. सं. एल.सी. ३७/१५९ को पत्रहरुबाट स्पष्ट हुन्छ ।

  • रा. बा. बैंकले मिति २०६१/०१/२८ (10th May 2004) मा उद्योगीलाई पेश गरेको M.O.U  बाट समेत उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको पुष्टि हुन्छ ।

M.O.U को P.T. 2.2 को (g) अन्तर्गत रा. बा. बैंकले यस उद्योगबाट NCC Bank लाई धितो सुरक्षण नदिए बाहेकको मेसिनरी माग गरेको थियो ।

(g) " The party is to provide fresh hypothecation deed on the mill / machines which is already not in hypothecation to NCC Bank. "

तर

उद्योगको तीन वटै भवनहरुमा रहेको सम्पूर्ण मेसिनरी NBOC Bank लाई धितो सुरक्षण दिएको र उद्योगमा थप मेसिनरी नरहेको हुनाले उक्त माग सँग सहमत हुन नसकेको र रा. वा. बैंकबाट M. O. U मा धेरै कुरा नमिलेको कारणले म उद्यागीले M. O. U साईन नगरेको जानकारी गराउन चाहन्छु ।

 

अर्को बैंकमा धितो सुरक्षंणमा रहेको मेसिनरीलाई रा. बा. बैंकले अनाधिकृत रुपमा कब्जा गरी किन बिक्री गरेको ?

रा. बा. बैंकलाई रु. ४,०३,२१,०५४/– (रु. चार करोड तीन लाख एक्काईस हजार चौबन्न रुपैँया) को मेसिनरी लिलामीबाट के कति रकम प्राप्त भएको, सो रकम कहाँ छ ?

 

साथै उद्योगको रु. २ करोड मू्ल्य पर्ने फर्निचर र Accessories समेतको अतोपतो नरहेको श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति सहित अन्य सम्बन्धित निकायमा जानकारी गराउँदै आएको छु ।

 

नेपाल बैंक अफ सिलोन (NBOC)  लाई धितो दिएको मेसिनरीलाई राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक अफ सिलोन (NBOC)  ले मिलेमतोमा हिनामिना गरेकोमा नेपाल राष्ट्र बैंकबाट मिति  २०६८/१०/१३ मा बैंक तथा वित्तीय संस्था नियमन विभागको गुनासो व्यवस्थापन समितिको बैंठक आह्वान गरी नेपाल बैंक अफ सिलोन (NBOC) माथि कारवाही भएको तर राष्ट्रिय वाणिज्य बैंक माथि हालसम्म पनि कारवाही किन नभएको ?

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page