रक्षक नै भक्षक
उद्योगीको प्रोफाइल
म, उद्योगी बृज गोपाल इनानी, प्रोपाइटर महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज स्वयं आ. व. २०५६/५७ मा नेपाल तयारी पोशाक उद्योग सघंको अध्यक्ष एवम् एशियन टेक्सटाइल एण्ड गार्मेन्ट काउन्सिल "ATGC" को अध्यक्ष तथा उद्योग वाणिज्य मन्त्रालय अन्र्तगत निर्यात प्रवद्र्धन समितिका पदेन सदस्य समेत रही समग्र राष्ट्रको तयारी पोशाकको निर्यात तथा प्रत्यक्ष एवम् अप्रत्यक्ष रोजगारलाई बढाउनमा समेत कार्यरत रहेको थिए ।
नेपालमा रोजगार र निर्यात वृद्धिका लागि
हेटौडा कपडा उद्योग (Hetauda Textile Mills) लगायत
अन्य औद्योगिक र व्यापारिक योजनाहरुमा कार्यरत
तत्कालिन सम्माननीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाज्यूको निर्देशानुसार म उद्योगीले आ.व. २०५६/५७ मा चीन सरकारको कम्पनीबाट स्थापित हेटौडा कपडा उद्योग (Hetauda Textile Mills) लाई त्यहीँ कम्पनीको सहयोगमा ठूलो र मोर्डन रुपमा पुन: स्थापना गरी सुचारु गर्नको लागि सर्वे समेत गराइसकेको थिए र मैले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष रिपोर्ट समेत पेश गरिसकेको थिएँ । साथै वहाँसँगको छलफल र वहाँको निर्देशानुसार म सिमरामा वीरगंज चिनी कारखानाको पछाडि रहेको ८०० acre मध्ये ४०० acre जग्गामा Garment Processing Zone (GPZ) सुरु गर्न, बुटबल धागो उद्योगलाई आधुनिक र क्षमता वृद्धि गर्ने तथा नेपालगन्जमा कपास बोर्ड मार्फत आधुनिक तरिकाले कपास खेती बढाउने आदि योजनामा संलग्न तथा कार्यरत थिएँ । सो बेला राष्ट्रबाट ५ वर्षभित्र मै वार्षिक रु. १० (दश) खर्बको निर्यात र ३० देखि ३५ लाख मानिसको लागि प्रत्यक्ष रोजगार प्रदान गर्ने योजनामा कार्यरत थिए ।
उपरोक्त तयारी पोशाक (Textile) सम्बन्धित उद्योग बाहेक नेपालका विभिन्न क्षेत्रहरुमा अन्य उद्योगहरु स्थापनामा समेत म उद्योगी लागिरहेको थिए ।
Report prepared by CMEC for
Mr. Brij Gopal Innani with plan for revival of the Hetauda Textile Mills in 2001.
म उद्योगीले तथा श्री उद्योग वाणिज्य मन्त्रालय सचिवज्यू सहितको टिमले सन् २००० (आ.व. २०५६/५७) मा USA, Canada, तथा Europe मा नेपालको लागि सन् २००४ December सम्मको Garment Export Quota Renewal गरेर आएका थियौ ।
































