top of page

२०७१ पुस मसान्तसम्म साँवा र ब्याजको किस्ता भुक्तानी गर्न नसके नेपाल स्वास्थ्य सहकारी संस्थामा आवद्ध सभासदहरु स्वत: निलम्बनमा पर्ने

नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष तथा सभासद राजेन्द्र प्रसाद पाण्डेले रा. बा. बैंक तथा ऋण असुली अधिकृत अस्मान तामाङ ज्यू सहितसँग मिलोमतो गरी सम्पत्तिहरुको विवरण हेरफेर गरेर र जानकारी समेत लुकाएर आफूलाई अनुकूल र उपयुक्त हुने गरी उद्योगको धितोहरुको मिति २०७१/५/२७ मा मुचुल्का खडा गरि प्रचलित बजार मूल्य अनुसार मूल्याङकन कायम गनुपर्ने अनिवार्य व्यवस्था विपरीत आफू अनुकूल एकदमै न्यून मूल्य कायम गरी मिति २०७१/०९/१३ मा लिलामी सूचना प्रकाशित गराएका थिए ।

तिनीहरुको योजना अनुरुप नियम, प्रकृया तथा बोलपत्रको शर्तहरु उल्लङ्कन गर्दा पनि र बोलकबोलको ९० प्रतिशत रकम म्याद नघाई जम्मा गर्दा पनि सम्पत्ति खान सफल भएका छन् ।

मा. सभासद राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले लगभग रु. ५(पाँच) करोड पचासी लाखमा मात्र बोलपत्र मार्फत खरीद गरेको कालीमाटी सोल्टीमोडको हाल कायम कि.नं. २१४ र ३० (साविक कि.नं. ८९, ३७२, ३७३ र ३७४) को भवन–जग्गा तथा २०६६ मा खरीद गरेको सोही कम्पाउण्डबालभित्रको जग्गा १० आना १ दाम जग्गा (कि. नं. २९ र २१२) लाई धितोमा राखी रु. १,५२,४८,०५,६०२/— (अक्षरेपी  रु. एक अर्ब बाउन्न करोड अठचालिस लाख पाँच हजार छ सय दुई मात्र) कर्जा प्राप्त गरेको तथ्य पछि मिति २०७२/१२/१७ मा कलंकी मालपोतको मिति २०७२/०१/३१ को तमसुक र. नं. ५५(ग) बाट थाहा पाएको जानकारी गराउन चाहन्छु ।

प्राप्त जानकारी अनुसार नेपाल स्वास्थ्य सहकारी संस्थाले ८ वटा बैंकहरुको सहवित्तीयकरण लगानीमा लिएको लगभग पौने २ अर्ब कर्जाको २०७१ पुस मसान्तसम्म साँवा र ब्याजको किस्ता भुक्तानी गर्न नसके नेपाल स्वास्थ्य सहकारी संस्थामा आवद्ध सभासदहरु कालोसूचीमा परी कानुनी प्रावधान अनुसार स्वत: निलम्बनमा पर्ने थिए ।

२०७१ मंसिर २९ गते नेपाल राष्ट्र बैंकका गर्भनरलाई नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष तथा मा. सभासद राजेन्द्र पाण्डेले पत्रलेखि ऋणको ब्याज तिर्न नसक्ने अवस्था भएको हुदाँ बैंकको नियमानुसार बुझाउनुपर्ने ब्याज यो संस्थाले तिर्न सक्ने अवस्था नभएको भन्दै पुन: नेपाल राष्ट्र बैंकका गर्भनरलाई जानकारी गराँउदै अनुरोध गरेका थिए । त्यसअघि २०७० माघमा पनि नेपाल राष्ट्र बैंकका गर्भनरलाई पत्रलेखि कर्जा रकममा लचकता अपनाई रक्षा गरिदिन तथा ब्याजलाई साँवासँग जोड्ने र आम्दानी गर्न थालेपछि सो आम्दानीबाट कटाउने गरी निर्णय लिने व्यवस्थाका लागि बैंकहरुलाई निर्देशन दिन आग्रह गरेका थिए ।

नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष तथा सभासद राजेन्द्र प्रसाद पाण्डेले रा. बा. बैंक तथा ऋण असुली अधिकृत अस्मान तामाङ ज्यू सहितसँग मिलोमतो गरी सम्पत्तिहरुको विवरण हेरफेर गरेर र जानकारी समेत लुकाएर आफूलाई अनुकूल र उपयुक्त हुने गरी उद्योगको धितोहरुको मिति २०७१/५/२७ मा मुचुल्का खडा गरि प्रचलित बजार मूल्य अनुसार मूल्याङकन कायम गनुपर्ने अनिवार्य व्यवस्था विपरीत आफू अनुकूल एकदमै न्यून मूल्य कायम गरी मिति २०७१/०९/१३ मा लिलामी सूचना प्रकाशित गराएका थिए ।

मा. सभासद राजेन्द्र प्रसाद पाण्डेले कालिमाटी २(क), सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) स्थित साविक कि. नं. ३७४, ३७३, ३७२ र ८९ (हाल कि.न. २१४ र ३०) को भवन—जग्गालाई कम मूल्यमा लिन सकियोस् साथै एकै कम्पाउण्डबालभित्रको उत्तरतिर प्रवेशमा रहेको सम्पत्ति साविक कि.नं. ६३९ र ६४२ (हाल कि.न. २१३) को घर—जग्गा समावेश नगरी सितैमा प्रयोग गर्न सकियोस् भनी दुषित मनसायसाथ ऋण असुली न्यायधिकरणको फैसला र आदेश तथा नियमावली विपरीत उक्त साविक कि.नं. ६३९ र ६४२  (हाल कि.न. २१३) को भवन–जग्गा (साविक क्षे.फ. ०–११–१–०) लाई रा. बा. बैंक समेतको संलग्नतामा कुनै मूल्याङकन नगरी लिलामीमा पनि समाहित नगरी आफूलाई अनुकूल र उपयुक्त हुने गरी लिलामी सूचना मिति २०७१/९/१३ मा प्रकाशित गराए ।

ऋण असुली न्यायधिकरणको मिति २०६९/५/१९ गतेको मुचुल्कामा “काठमाण्डौँ, का.म.न.पा. कालिमाटी  २(क), सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) स्थित कि. नं. ३७४, ३७३, ३७२ र ८९ को नयाँ कि. नं र क्षेत्रफलको जानकारी मालपोत कार्यालयसँग माग गरिएकोले जवाफ आएपछि यकिन हुने” भनी स्पष्ट उल्लेख गरिएको छ । तर ऋण असुली अधिकृत अस्मान तामाङको अध्यक्षतामा लिलाम बिक्री प्रयोजनको लागि मिति २०७१/५/२७ मा मुचुल्का खडा गर्दा कि. नं. ३७४, ३७३, ३७२ र ८९ को हाल साविक भइ कायम नयाँ कि.नं र क्षेत्रफल रा.बा. बैंक समेतले लुकाइ गरेको मूल्याङ्कन कार्य स्पष्ट रुपमा मा. राजेन्द्र प्रसाद पाण्डेसँग साँठ—गाँठ गरि गरिएको र त्रुटिपूर्ण र कानुन प्रतिकूल रहेको छ ।

रा. बा. बैंक, ऋण असुली अधिकृत अस्मान तामाङ ज्यू, खरीदकर्ता सभासद मा. राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सेवा सहकारी संस्थासमेतको बदनियत, स्वार्थ र साँठ—गाँठमा ऋण असुली न्यायाधिकरणबाट मिति २०७१/९/१३ मा लिलामी सूचना प्रकाशित गरिएको र तिनीहरुको योजना अनुरुप नियम, प्रकृया तथा बोलपत्रको शर्तहरु उल्लङ्कन गर्दा पनि र बोलकबोलको ९० प्रतिशत रकम म्याद नघाई जम्मा गर्दा पनि सम्पत्ति खान सफल भएका छन् ।

मा. सभासद राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले लगभग रु. ५(पाँच) करोड पचासी लाखमा मात्र बोलपत्र मार्फत खरीद गरेको कालीमाटी सोल्टीमोडको हाल कायम कि.नं. २१४ र ३० (साविक कि.नं. ८९, ३७२, ३७३ र ३७४) को भवन–जग्गा तथा २०६६ मा खरीद गरेको सोही कम्पाउण्डबालभित्रको जग्गा १० आना १ दाम जग्गा (कि. नं. २९ र २१२) लाई धितोमा राखी रु. १,५२,४८,०५,६०२/— (अक्षरेपी  रु. एक अर्ब बाउन्न करोड अठचालिस लाख पाँच हजार छ सय दुई मात्र) कर्जा प्राप्त गरेको तथ्य पछि मिति २०७२/१२/१७ मा कलंकी मालपोतको मिति २०७२/०१/३१ को तमसुक र.नं.५५(ग) बाट थाहा पाएको जानकारी गराउन चाहन्छु ।

२०६६ सालमा नै नेपाल स्वास्थ्य सहकारी संस्थाका शेयरधनी तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल मन्त्रीमण्डलमा रहेका शेयरधनी तत्कालिन अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे र संस्थाका अध्यक्ष तथा सभासद राजेन्द्र प्रसाद पाण्डे सहितले मेरो उद्योगको भवनको कम्पाउण्डभित्रको जग्गा (कि. नं. २९ र २१२) लिनु उद्योगलाई समाप्त पारी सबै सम्पत्तिहरु हड़पने र हिनामिना गर्ने सरकारी स्वामित्वको रा. बा. बैंकसित योजना नै बनाएका  रहेछन् ।
२०६६ को तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा सर्भिङ्ग माईण्डस प्रा. लि. अध्यक्ष मा. दीपक बोहरालाई पनि वन तथा भूसंरक्षण मन्त्रालय दिइ शामिल गरियो। 

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page