top of page
राष्ट्रिय वाणिज्य बैंकले बदनियत र दुरासयुक्त भावना राखी विगतमा आफूले गरेका सबै अनियमिमता, षड्यन्त्र र गैरकानूनी कामकारबाहीको ढाकछोप गर्नका लागि ऋण असुली न्यायधिकरण ऐन २०५८ को दफा १४(७) बमोजिम प्रकृया पूरा नगरी मिति २०६३/०३/२६ मा श्री ऋण असुली न्यायधिकरणमा रा. बा. बैंकले उद्योगविरुद्ध निवेदन दर्ता

रा.बा. बैंकद्वारा प्रदान गरिएको स्वीकृत सीमाभित्र व्यवस्थित रुपमा नाफामा चलिरहेको कारोबार रा.बा. बैंकले बिना कुनै कारण अचानक रोकेर निकासी समेत गर्न नदिएर षड्यन्त्रपूर्वक तरिकाले उद्योगमाथि कृत्रिम कर्जा सिर्जना गरेको रु. २८,९६,५४,२६१/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) म उद्योगीले तिर्न तैयार रहेको छु भनी बारम्बार भन्दा पनि रा. बा. बैंकले उद्योगको कारोबार सुचारु र हिसाब राफसाफ गर्न तर्फ म उद्योगीले पटक—पटक निवेदन र आग्रह गर्दा पनि रा.बा. बैंकले बेवास्ता गरेको थियो ।

म उद्योगीले पुन: धेरैपटक रा. बा. बैंकसित सम्पर्क गर्न प्रयास गरेको थिए तर रा. बा. बैंकले बेवास्ता गरेपछि मैले बाध्य भई मिति २०६२/०३/२८ मा गोरखापत्रको मुख्य पृष्ठमा सार्वजनिक सूचना मार्फत उद्योगको साबिक बमोजिम स्विकृत सिमा भित्रको कारोवार खोलिदिएको खण्डमा उद्योगले रु. तेत्तीस करोड भित्रैको चल्ती साँवा ऋण रु. २८,९६,५४,२६१/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी दिदैँ पुन: विज्ञप्ति प्रकाशित गरेको समेतलाई रा.बा. बैंकले बेवास्ता गरेको थियो ।

मिति २०६३/०५/२४ (9-9-2006) मा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षज्यू (बोधार्थ राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुखज्यू) लाई रु.२८,९६,५४,२६१/८८ (रु.अठ्ठाईस करोड छियानब्बे लाख चौबन्न हजार दुई सय इकसठ्ठी र पैसा अठ्ठासी ) तिर्न तयार रहेको पुन: जानकारी गराँउदै बिस्तृत निवेदन दिएको थिए।

स्वीकृत सिमा भित्र ऋण व्यवस्थित राख्दै आएको र साविक बमोजिम कारोबार खोलिदिएको खण्डमा उद्योगीले पुरै चल्ती कर्जा (सावाँ रकम) रु.२८,९६,५४,२६१/८८ (अठ्ठाईस करोड छियानब्बे लाख चौबन्न हजार दुई सय इकसठ्ठी र पैसा अठ्ठासी) तिर्न तयार रहेको भन्ने पटक—पटक सबै माध्यम मार्फत जानकारी गराउँदा—गराउँदै पनि बैंकले उद्योगीको स्वीकृत सिमा भित्रको साविक बमोजिम कारोबार किन नखोलेको ? ऋणी नभएको उद्योगीलाई ऋणी बनाउने काम किन भएको हो ? अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त रोजगारीमूलक र विदेशी मुद्रा आर्जन गर्ने निर्यातजन्य उद्योगलाई समाप्त पारी बैंकलाई के फाइदा भयो ?

रा.बा. बैंकले आफ्नो लगानी भएको ऋण समेतको परवाह नगर्दा उद्योग र उद्योगीको प्रतिष्ठा र धन सम्पत्तिको नोक्सान हुनुका साथै स्वयं बैंकलाई तथा राष्ट्र समेतलाई हित नभएको कुरा स्पष्ट छ ।

बैंकलाई समस्या समाधान गरी उद्योग सुचारु गर्न पटक–पटक आग्रह र निवेदन गर्दा–गर्दै र उद्योगले रु. तेत्तीस करोड लिमिट भित्रैको चल्ती साँवा ऋण रु.२८,९६,५४,२६१/८८ (अक्षरेपी रु.अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी गराउँदा—गराउँदै पनि राष्ट्रिय वाणिज्य बैंकले बदनियत र दुरासयुक्त भावना राखी विगतमा आफूले गरेका सबै अनियमिमता, षड्यन्त्र र गैरकानूनी कामकारबाहीको ढाकछोप गर्नका लागि ऋण असुली न्यायधिकरण ऐन २०५८ को दफा १४(७) बमोजिम प्रकृया पूरा नगरी मिति २०६३/०३/२६ मा श्री ऋण असुली न्यायधिकरणमा रा.बा. बैंकले उद्योगविरुद्ध निवेदन दर्ता गरेको जानकारी मिति २०६४/३/१३ मा प्रकाशित सूचना मार्फत थाहा पाएको जानकारी गराउन चाहन्छु ।

श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिबाट २०६५ मा  राष्ट्रिय वाणिज्य बैंक माथि आवश्यक कारबाही गर्न निर्देशन

श्री ऋण असुली न्यायधिकरणले पनि मिति २०६५/११/११ र पुन: मिति २०६६/१/१५ मा राष्ट्रिय वाणिज्य बैंकबाट पटक—पटक गरी उपरोक्त कि. नं २६६, २६७ र २६८ सम्पत्तिको मूल्याङ्कन र उद्योगको बैंकका विदेशबाट आइरहेको L/C हरु जुन—जुन उद्योगको व्यापार बन्द गरेपछि क्यान्सिल भएको विवरण इत्यादी माग गर्दा पनि रा. बा. बैंकले नपठाएको र मिति २०६६/१/३१ मा बैंकले यथाशीघ्र माग बमोजिम पेश गर्ने जवाफ पठाएको तर उपरोक्त आदेश अनुसार कागजातहरु कहिले पनि न्यायधिकरणमा प्राप्त नभएको जानकारी गराउन चाहन्छु । 

रा. बा. बैंकबाट श्री ऋण असुली न्यायधिकरणमा आदेश बमोजिम कागजातहरु नआएपछि श्री ऋण असुली न्यायधिकरणले ऋण असुली नियामवली अनुसार रा. बा. बैंकले बदनियतपूर्वक आफ्नो गैरकानुनी कार्यहरु ढाकछोप गर्न उद्योगविरुद्घ दायर गरेको मुद्दा खारेज गनुपर्ने थियो तर सो नगरी राजनीतिक दबाब र प्रभावमा अचानक फैसला गरेको थियो ।

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page