top of page

नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट विशेष जाँच समिति गठन गरी सम्बन्धित दोषीहरु माथि कारबाही गरी निर्यातजन्य उद्योगको कारोबार सुचारु गरिदिनु विनम्र निवेदन

सम्माननीय प्रधानमन्त्रीज्यू , नेपाल सरकारको स्वामित्वमा रहेकोले रा. बा. बैंकका भष्ट्राचारमा संलग्न कर्मचारीहरुले सबै ठाँउमा स्वयंलाई नेपाल सरकार भन्दै खुल्ला जथाभावी र मनमानी गर्दै जानु, पदको दुरुपयोग गरी षड्यन्त्रपूर्वक आफ्नो सवार्थपूर्तिका लागि साँठगाँठ गर्ने, रा. बा. बैंकबाट भएका गैरकानुनी कार्यहरु उपर कारबाही गनुपर्ने नियमनकारी निकायहरुले नै सरकारी बैंक भन्दै ढाकछोप गर्ने, राजनीतिज्ञहरुबाटै हस्तक्षेप हुने, संरक्षण प्राप्त हुने र छुट पाउने । बैंकको संरक्षणमा रहेको धितोहरु संरक्षण गर्नु सट्टा धन र जनतालाई लुट्ने र लुटलाई निरन्तरता दिदाँ पनि कुनै कारबाही नहुने र दण्डहीनतालाई प्रोत्साहन दिने कस्तो प्रणाली हो !

षड्यन्त्रपूर्वक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उद्योगको कारोबार बन्द गरेदेखि नै म उद्योगीले विगतका प्रत्येक वर्ष लगभग हरेक महिना पदेन सम्माननीय प्रधानमन्त्रीज्यूहरु, पदेन माननीय अर्थमन्त्रीज्यूहरु, पदेन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूहरु, पदेन नेपाल राष्ट्र बैंकका गर्भनरज्यूहरु तथा राष्ट्रिय वाणिज्य बैंक सहित नेपाल सरकारका विभिन्न निकायहरुमा तथ्य प्रमाणहरु सहित निवेदन र भेट गर्दै मेरो उद्योगलाई न्याय गरी कारोबार सुचारु गरिदिन माग गर्दै आएको छु ।

बैंक तथा वित्तीय संस्थाबाट उद्योगविरुद्ध भए गरिएका अनियमितता र गैरकानुनी काम कारबाहीको छानबिन, जाँचबुझ गरी कारबाही गर्ने नियामक निकाय श्री नेपाल राष्ट्र बैंक रहेकोले नेपाल राष्ट्र बैंकबाट कारवाही गरिदिनुहुन अनुरोध गर्दै आएको छु ।

मिति २०७४/०४/०६ मा तत्कालिन सम्माननीय प्रधानमन्त्रीज्यू श्री शेर बहादुर देउवाज्यूलाई सम्पूर्ण विवरणसहित उद्योगको कारोबार पुन: साविक बमोजिम सुचारु गरिदिनुहुन निवेदन गरेको थिए । सो निवेदन उपर मिति २०७४/०४/१० (25th July 2017) मा श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट श्री उद्योग मन्त्रालयलाई ‘निजको गुनासो सम्बोधन गरी उद्योग संचालनका लागि वातावरण मिलाई यस कार्यालयमा जानकारी एवं समन्वय गर्नुहुन’ भनी कारबाहीको विवरण सहित पत्र च. नं १—०७४/०७५/२३५ पठाइएको थियो । श्री उद्योग मन्त्रालयबाट सचिवस्तर निर्णयानुसार मिति २०७४/०४/१८ (2nd August 2017) मा श्री अर्थ मन्त्रालयलाई व्यहोरा र मागहरु उल्लेख गरी राष्ट्रिय वाणिज्य बैंकको राय/धारणा माग गरिदिनुहुन पत्राचार च. नं. ३७ गरिएको थिए । श्री अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाद्वारा मिति २०७४/०४/२९ (13th August 2017) पत्र सं. च. नं ६६ मार्फत श्री राष्ट्रिय वाणिज्य बैंकलाई राय/धारणा उपलब्ध गराउन पत्र पठाइएको थियो ।

श्री उद्योग मन्त्रालय र श्री अर्थ मन्त्रालयबाट सो सम्बन्धमा के कारबाही भएको जानकारी प्राप्त नभएपछि पुन: मिति २०७४/०६/२३ (9th October 2017) मा सम्माननीय प्रधानमन्त्रीज्यूलाई “नेपाल सरकार मार्फत विशेष जाँच समिति गठन गरी सम्बन्धित दोषीहरु माथि कारबाही गरी श्री अर्थ मन्त्रालय मार्फत निर्यातजन्य उद्योगको कारोबार सुचारु गरिदिनु विनम्र निवेदन” गरेको थिए ।

 

मिति २०७४/०६/२४ मा सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट श्री अर्थ मन्त्रालयमा नियमानुसार आवश्यक कार्यार्थ पत्र च. नं. १—०७४/०७५/१७१३ पठाइएको थियो ।

 

केही दिनमै संसदको कार्यकाल समाप्त भएको (14th October 2017) र सबै चुनावतिर लागेको भनी सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सम्पर्क गर्दा कारवाही अगाडि नबढेको जानकारी गराइएको थियो ।

Letter from Ministry of Industry to the Ministry of Finance on 2074/04/18 B.S.

मिति २०७५/०१/०९ मा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री मातृका यादवज्यू र मिति २०७५/०१/१० मा सम्माननीय प्रधानमन्त्रीज्यू श्री केपी शर्मा ओलीज्यूलाई “नेपाल सरकार मार्फत विशेष जाँच समिति गठन गरी सम्बन्धित दोषीहरु माथि कारबाही गरी श्री अर्थ मन्त्रालय मार्फत निर्यातजन्य उद्योगको कारोबार सुचारु गरिदिनु विनम्र निवेदन” गरेको थिए ।

 

मिति २०७५/०७/०७ मा र पुन: मिति २०७५/०८/०६ (22nd November 2018) मा सम्माननीय प्रधानमन्त्रीज्यू श्री केपी ओलीज्यूलाई पुन: निवेदन गरेको थिए।

मिति २०७५/०९/१० मा हेलो सरकार मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू श्री केपी ओलीज्यूलाई पुन: निवेदन गरेको थिए । हेलो सरकारमा सम्माननीय पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईको निर्देशानुसार उद्योगको धितो सुरक्षण र उद्योग सुचार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जाँच भएर के निर्णय भएको हो वा जाँच गरी प्रमाण सहित जानकारी माग गरिदिनुहुन तथ्य प्रमाणहरु सहित निवेदन दिएको थिए तथा श्री अर्थ मन्त्रालय नेपाल सरकारबाट विशेष जाँच गरी निर्यातजन्य उद्योगको कारोबार सुचारु गरिदिनु विनम्र निवेदन गरेको थिए ।

हेलो सरकारबाट सो उजुरीहरु आवश्यक कारबाहीको लागि श्री अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी December 28, 2018 र January 1, 2019 प्राप्त गरेको थिए ।

श्री अर्थ मन्त्रालयमा पटक—पटक सम्पर्क गर्दा पनि आज भोलि भन्दै आलटाल भइ कुनै कारवाही नभएको जानकारी गराउन चाहन्छु ।

पुन: मिति २०७८/१२/०६ मा सम्माननीय प्रधानमन्त्रीज्यू श्री शेर बहादुर देउवाज्यूलाई निवेदन दिएको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूबाट श्री उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयमा निर्यात उद्योग सुचारु गर्न आवश्यक कार्यबाहीको लागि मिति २०७८/१२/०९ मा आदेश जारी गरिएको थियो तर श्री उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय पटक—पटक जाँदा र भेट गर्दा, मौखिक बिस्तृत जानकारी गराँउदा र कारबाही गर्ने आश्वासन दिइदा समेत पनि केही नभएको जानकारी गराउन चाहन्छु ।

मिति २०७९/०१/०६ मा माननीय कार्यवाहक गर्भनर डा. नीलम ढुंगाना तिम्सीना, श्री नेपाल राष्ट्र बैंक (बोधार्थ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्री, माननीय उद्योग, वाणिज्य र आपूर्ति मन्त्री, र श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका माननीय सभापति र माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्र) लाई नेपाल राष्ट्र बैंकबाट विशेष जाँच समिति गठन गरी आवश्यक कारबाही गरी निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिनुहुन निवेदन गरेको थिए ।

मिति २०७९/०१/०७ मा श्री नेपाल राष्ट्र बैंकका माननीय गर्भनर श्री महाप्रसाद अधिकारीज्यू, माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू तथा माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यूलाई नेपाल राष्ट्र बैंकबाट विशेष जाँच समिति गठन गरी आवश्यक कारबाही गरी निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिनुहुन निवेदन गरेको थिए ।

 

मिति २०७९/०२/१९ मा माननीय गर्भनर श्री महाप्रसाद अधिकारीज्यू, माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू र माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्र ज्यूलाई मिति २०७९/०१/०७ को निवेदनमा नेपाल राष्ट्र बैंकबाट के कारबाही भएको भनी जानकारी पाउन पुन: निवेदन दिएको थिए ।

मिति २०७९/०१/०७ र मिति २०७९/०२/१९ मा माननीय गर्भनर श्री महाप्रसाद अधिकारीज्यूलाई निवेदन उपर श्री नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट राष्ट्रिय वाणिज्य बैंक मिति २०७९/०२/२० मा ‘के—कसो भएको हो विवरण सहित स्पष्ट पार्दै यथासम्भव निवेदकसँगको आपसी सहमतिमा प्रस्तुत विषयलाई सम्बोधन गर्नुहुन र सम्बोधन गर्न नसकिने/नमिल्ने भए बिस्तृत रुपमा खुलाई यस समिति समक्ष सात कार्यदिन भित्र लेखी पठाउन’ पत्र संख्या: बै.वि.नि.वि./जी.एच.सी./१९/०७८/७९ को पत्र पठाइएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले उद्योगीलाई कुनै सम्पर्क नगरेको र ७ दिन भित्र जवाफ पठाउन भनेतापनि राष्ट्रिय वाणिज्य बैंकबाट कुनै जवाफ प्राप्त नभएपछि मिति २०७९/०२/३० मा राष्ट्रिय वाणिज्य बैंक कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठज्यूलाई (बोधार्थ श्री नेपाल राष्ट्र बैंकका माननीय गर्भनर श्री महाप्रसाद अधिकारीज्यू र माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू तथा माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यू) लाई श्री नेपाल राष्ट्र बैंकको मिति २०७९/०२/२० को पत्र संख्या: बै.वि.नि.वि./जी.एच.सी./१९/०७८/७९ को पत्र प्राप्त भए अनुसार उद्योग ‘महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज’ माथि न्याय गर्न र निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिनुहुन सादर विनम्र अनुरोध गर्दै निवेदन गरेको थिए । श्रीमान् कार्यकारी प्रमुखज्यू छलफल गरी समस्या समाधान गरिदिनुहुन समेत सादर विनम्र अनुरोध गरेको थिए ।

मिति २०७९/०३/२४ मा श्री नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी ज्यू (बोधार्थ सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू ; सम्माननीय प्रधानमन्त्री एवम् माननीय अर्थमन्त्री श्री शेर बहादुर देउवाज्यू ; माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडु ज्यू र श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति श्री भरत कुमार साह ज्यू) लाई उद्योग ‘महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज’ लाई न्याय दिन र निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिने उद्योगको निवेदन उपर उद्योग र राष्ट्रिय वाणिज्य बैंकबीच छलफल/सहमति को लागि मिति २०७९/०२/२० को पत्र संख्या: बै.वि.नि.वि./जी.एच.सी./१९/०७८/७९ को निर्देशनसहित आदेश पत्र जारी गरी पहल गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै ‘राष्ट्रिय वाणिज्य बैंकमा चल्ती कर्जा कारोबारको लागि उद्योगले धितो दिएको सम्पत्तिहरु मध्ये कि.नं. २६६, २६७ र २६८ को घर—जग्गा सम्पत्ति बैंकले पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग सेटिङ्गमा बोलपत्र आह्वान गरेको र बोलपत्रको रकम समेत जम्मा नलिई स्वामित्व हस्तान्तरण गरेको सहित गैरकानूनी कार्यहरुको छानबिन र कारबाही’ माग गर्दै तथ्य प्रमाणहरु संलग्न गरी लिखित निवेदन दिएको थिए । माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू तथा माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यू लाई पनि निवेदन गरेको थिए ।

उपरोक्त निवेदनमा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो समितिले मिति २०६६/०२/२० मा पत्र. सं. बै.वि.नि.वि./जि.एच.सि/८७/०६५/६६ र पुन: मिति २०६६/०३/०७ मा त्र.सं.बै.वि.नि.वि./जि.एच.सि/९४/०६५/६६ मा राष्ट्रिय वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकमा यथाशीघ्र प्रतिवेदन उपलब्ध गराउन पत्र पठाउँदा पनि राष्ट्रिय वाणिज्य बैंकले छानबिन र कारबाही प्रतिवेदन बुझाएको छैन भनी समेत उल्लेख गरेको थिए ।

म उद्यागीले पुन: मिति २०७९/०३/२७ मा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठक ज्यू तथा श्रीमान् कार्यकारी प्रमुख श्री किरण कुमार श्रेष्ठ ज्यूलाई श्री नेपाल राष्ट्र बैंकको मिति २०७९/०२/२० को पत्र संख्या: बै.वि.नि.वि./जी.एच.सी./१९/०७८/७९ को पत्र प्राप्त भए अनुसार उद्योग ‘महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज’ र राष्ट्रिय वाणिज्य बैंकबीच छलफल/सहमति गरी उद्योगलाई न्याय दिन र निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिने ( बोधार्थ नेपाल राष्ट्र बैंक माननीय गर्भनर महाप्रसाद अधिकारी, माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू, माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यू तथा श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति श्री भरत कुमार साह ज्यू समक्ष ) सहयोगको अपेक्षा राख्दै पुन: निवेदन प्रस्तुत गरेको थिए ।

मिति २०७९/०३/२४ र मिति २०७९/०३/२९ मा हेलो सरकार (नेपाल सरकार) मा पनि सहयोगको लागि निवेदन दिएको थिए ।

मिति २०७९/०४/०५ मा हेलो सरकार (नेपाल सरकार) लाई पुन: निवेदन दिएको थिए । हेलो सरकार (नेपाल सरकार) बाट नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्न भनिएको थियो ।

मिति २०७९/०४/१२ मा नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी र नियमन विभागमा समेत भेट गरेर पुन: बिस्तृत छलफल तथा सबै प्रमाणहरु दिई कारवाही गरी न्याय गरिदिनुहुन माग गरेको थियो । 

नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकले समेत यस्तो गर्छ भन्दै आश्चर्य मान्दै आवश्यक कारबाही गर्ने आश्वासन दिएका थिए ।

नेपाल राष्ट्र बैंकले तथ्य प्रमाणहरु हुँदा समेत राष्ट्रिय वाणिज्य बैंकलाई सोधपुछ र कारबाही नगरेपछि माननीय गर्भनरज्यू तथा माननीय डिप्टी गर्भनरज्यूहरुलाई पुन: मिति २०७९/०४/२६ मा छानबिन र कारबाही माग गर्दै पुन: निवेदन गरेको थिए ।

मिति २०७९/०५/०१ मा हेलो सरकारलाई हेलो सरकार (नेपाल सरकार) बाट नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्न भनिए अनुसार मिति २०७९/०४/१२ मा नेपाल राष्ट्र बैंकमा बिस्तृत छलफल तथा सबै प्रमाणहरु दिई कारवाही गरी न्याय गरिदिनुहुन माग गरेको जानकारी गराँउदै पुन: सहयोगको लागि निवेदन गरेको थिए ।

नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्दा कुनै कारबाही अगाडि नबढेपछि मिति २०७९/०५/०१ मा नेपाल माननीय गर्भनरज्यू तथा माननीय डिप्टी गर्भनरज्यूहरु (बोधार्थ सम्माननीय प्रधानमन्त्री र श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति) लाई पुन: निवेदन गरेको थिए ।

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/01/07 B.S.

Letter to Rastriya Banijya Bank CEO Mr. Kiran Kumar Shrestha on 2079/02/30 B.S.

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/03/24 B.S.

Letter to Hello Sarkar, Hon’ble PM Mr. Sher Bahadur Deuba, Office of the Prime Minister and Council of Ministers on 2079/03/24 B.S.

Letter to Hello Sarkar, Office of the Prime Minister and Council of Ministers (OPMCM) on 2079/04/05 B.S.

Letter to Hello Sarkar, Office of the Prime Minister and Council of Ministers (OPMCM) on 2079/03/29 B.S.

Letter to Hello Sarkar, Office of the Prime Minister and Council of Ministers (OPMCM) on 2079/05/01 B.S.

Letter to Rastriya Banijya Bank CEO Mr. Kiran Kumar Shrestha on 2079/03/27 B.S.

Letter to Rastriya Banijya Bank Chairman Dr. Balaram Pathak on 2079/03/27 B.S.

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/04/26 B.S.

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/05/01 B.S.

पटक—पटक निवेदन पछि राष्ट्रिय वाणिज्य बैंकले आफ्नो गल्ती लुकाँउदं सतही र तथ्यहीन जवाफ Email मार्फत मिति २०७९/०५/०२ मा पठाएको थियो। सो सतही र तथ्यहीन जवाफको खण्डन गर्दै मैले मिति २०७९/०५/०५ मा राष्ट्रिय वाणिज्य बैंकका श्रीमान् कार्यकारी प्रमुखज्यू श्री किरण कुमार श्रेष्ठ ज्यूलाई जवाफ फर्काएको थिए । सोको बोधार्थ सम्माननीय प्रधानमन्त्रीज्यू श्री शेर बहादुर देउवा ज्यू, माननीय अर्थमन्त्री ज्यू श्री जनार्दन शर्मा ज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ज्यू श्री दिलेन्द्र प्रसाद बडू ज्यू, श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति भरत कुमार साह, नेपाल राष्ट्र बैंक माननीय गर्भनर महाप्रसाद अधिकारी, माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू, माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यूलाई पनि गरेको थिए ।

Letter to Rastriya Banijya Bank CEO Mr. Kiran Kumar Shrestha on 2079/05/05 B.S.

श्री नेपाल राष्ट्र बैंकमा भेट गरी सम्पूर्ण तथ्य प्रमाण सहित जानकारी सबै गराइसकेको र श्री नेपाल राष्ट्र बैंकबाट यथाशीघ्र राष्ट्रिय वाणिज्य बैंक तथा सम्बन्धित संलग्नहरुमाथि कारबाही हुने आश्वासन श्री नेपाल राष्ट्र बैंकबाट भेट गर्दा र फोन मार्फत समेत प्राप्त भएकोमा उपरोक्त सम्बन्धमा श्री नेपाल राष्ट्र बैंकबाट के कारबाही भएको सो सम्बन्धमा जानकारी प्राप्त गराइदिनुहुन माननीय गर्भनरज्यू तथा माननीय डिप्टी गर्भनरज्यूहरु (बोधार्थ सम्मानीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू) समक्ष पुन: मिति २०७९/०६/२७ मा निवेदन गरेको थिए ।

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.- CC: Hon’ble PM Mr. Sher Bahadur Deuba.

Letter to Nepal Rastra Bank Deputy Governor Dr. Neelam Dhungana Timsina on 2079/06/27 B.S.

Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page