रक्षक नै भक्षक
उद्योगीद्वारा शान्ति सुरक्षा माग
बैंक सम्बन्धित व्यक्तिहरुले म र मेरो परिवारका सदस्यहरुलाई डराउने, धम्क्याउने बैंकमा रहेका धितो सम्पत्तिहरु हिनामिना गर्नका लागि सहीछाप लगाउने र स्वीकृतिको लागि प्रयास गरेपछि म उद्योगीले मिति २०६१/०८/०१ मा रा. बा. बैंक विशालबजारका प्रबन्धक श्री सन्जित मानन्धर (बोधार्थ श्रीमान् काठमाडौ जिल्ला अदालत मुख्य न्यायधिश, श्रीमान् जिल्ला प्रमुख काठमाडौ जिल्ला कार्यालय, श्रीमान् अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख, श्रीमान् गर्भनर तिलक रावल, रा. बा. बैंक केन्द्रिय कार्यालयका कार्यकारी प्रमुख, रा.बा. बैंकका अध्यक्ष एवम् अधिवक्ता) लाई सुरक्षा सम्बन्धी निवेदन दर्ता गराएको थिए ।

Letter to Rastriya Banijya Bank CEO Mr. Sanjit Manandhar (CC to concerned authorities and others) regarding safety and security on 2061/08/01 BS.
पुनः मिति २०७०/०३/१६ (June 30, 2013) मा उद्योगीद्वारा शान्ति सुरक्षा माग गर्दै माननीय गृहमन्त्री ज्यूलाई Email
उपरोक्त सबैतिर पटक—पटक निवेदन गर्दा कुनै सुनुवाई नभएपछि ; बैंकबाट भए गरिएका षड्यन्त्र र गैरकानुनी कार्यहरु उपर निर्देशन हुँदा पनि कारबाही नभएपछि म उद्योगीले आफ्नो प्रयासहरु सहित सबै तथ्य प्रमाण सहित कागजात पत्रहरु उद्योगको website: www.mginepal.com (www.mginepal.blogspot.com) ‘MGI Nepal fighting against corruption and conspiracy for over a decade’ बनाइ त्यसमा रेकर्ड राख्न सुरु गरेको थिए । मिति २०७०/०३/०६ (June 20, 2013) मा Blog website publish गरी सम्बन्धित निकायहरु तथा मिडियाहरुलाई जानकारी गराएको थिए । बेवसाइड पब्लिक गरेको केही समय लगत्तै म उद्योगीमाथि मिति २०७०/०३/१४ (June 28, 2013) मा भैरहवामा केही व्यक्तिहरुले हमला गर्ने कोशिश गरेका थिए । त्यसको शिकायत र सुरक्षाको लागि मैले सम्माननीय प्रधानमन्त्री खीलराज रेग्मीज्यूको मन्त्रीमण्डलमा रहेका माननीय गृहमन्त्री माधव घिमिरेज्यूलाई मिति २०७०/०३/१६ (June 30, 2013) मा Email पठाएको थिए । सुरक्षाको लागि मैले सम्माननीय प्रधानमन्त्री खीलराज रेग्मीज्यू साथै श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिहं कार्की ज्यूलाई पनि मिति २०७०/०३/२१ (July 5, 2013) मा निवेदन गरेको थिए ।