top of page

विभिन्न मितिहरुमा उद्योगीद्वारा पेश निवेदनहरु 

षड्यन्त्रपूर्वक रा. बा. बैंकले उद्योगको कारोबार बन्द गरेदेखि नै म उद्योगीले विगतका प्रत्येक वर्ष लगभग हरेक महिना पदेन सम्माननीय प्रधानमन्त्रीज्यूहरु, पदेन माननीय अर्थमन्त्रीज्यूहरु, पदेन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूहरु, पदेन नेपाल राष्ट्र बैंकका गर्भनरज्यूहरु तथा राष्ट्रिय वाणिज्य बैंक सहित नेपाल सरकारका विभिन्न निकायहरुमा तथ्य प्रमाणहरु सहित निवेदन र भेट गर्दै मेरो उद्योगलाई न्याय गरी कारोबार सुचारु गरिदिन माग गर्दै आएको छु ।

मिति २०६५/६/१९ मा तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ज्यूलाई सम्पूर्ण जानकारी गराँउदै बैंकमाथि कारबाही गरी साबिक बमोजिम उद्योग खोलाउन सहयोगको लागि निवेदन गरेको थिए । तथा मिति २०६५/६/८ मा तत्कालिन माननीय अर्थमन्त्री बाबुराम भट्टराईज्यूलाई पनि भेट गरी सम्पूर्ण जानकारी गराँउदै बैंकमाथि कारबाही गरी साबिक बमोजिम उद्योग खोलाउन सहयोगको लागि निवेदन पनि दिएको थिए । श्री अर्थ मन्त्रालयका श्रीमान् राजश्व सचिव एवम्  रा. बा. बैंकका तत्कालिन अध्यक्ष कृष्ण हरि बास्कोटाज्यूलाई पनि मिति २०६५/९/११ मा भेटेर सहयोगको लागि निवेदन दिएको थिए ।

मैले २०६५ फाल्गुन विभिन्न मितिहरुमा राष्ट्रिय वाणिज्य बैंकबाट भए गरिएका अनियमितता र गैरकानुनी कामकारवाहीहरुको जानकारी गराउँदै श्री अर्थ समिति सभापति शुशीला कन्दङवा ज्यू, श्री अर्थ मन्त्रालय सचिव रामेश्वर खनाल ज्यू, सह—सचिव विमल वाग्लेज्यू, नेपाल राष्ट्र बैंकका गर्भनर दिपेन्द्र बहादुर क्षेत्री ज्यू, डिप्टी गर्भनर वीर विक्रम रायमाझी ज्यू, डिप्टी गर्भनर कृष्ण बहादुर मानन्धर ज्यू,  बैंकर्स संघका अध्यक्ष एवम् ऋण कारवाही समितिका सदस्य राधेश पन्तज्यूलाई समेतलाई छानबिन र कारबाहीमा सहयोग गरी उद्योग खोलाउन सहयोगको लागि निवेदन गरेको थिए ।

डिप्टी गर्भनर कृष्ण बहादुर मानन्धरज्यूलाई भेट गरेर सबै जानकारी गराइ समस्या समाधानको लागि बैंकसित Joint Meeting को माग गर्दै निवेदन दिएको थिए ।

मिति २०६६/४/२२ मा तत्कालिन सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपाल, श्री अर्थ मन्त्रालयका सह–सचिवज्यू विमल वाग्ले ज्यू , श्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष यूवराज खतिवडा ज्यू समक्ष यस उद्योग विरुद्ध रा.बा. बैकले गरेको क्रियाकलापहरुको सम्पुर्ण जानकारी र सहयोगको निवेदन गरेको थिए ।           

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page