top of page

रा. बा. बैंक र मा. दीपक बोहराले सेटिङ्ग गरी उद्योगको कालिमाटी २(क), सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि. नं २६६, २६७ र २६८ को जग्गा-भवन समेत हिनामिना गरेको माथि छानबिन र कारवाहीको लागि सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट
श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निर्देशन पठाइएको
तर कुनै कारवाही छैन ।

श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखाबाट

श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कारवाहीको लागि पठाइएको

मिति २०७९/०४/०३ मा तथ्य प्रमाणहरुसहित श्री शासकीय सुधार महाशाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय (बोधार्थ सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू र श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति का सभापति भरत कुमार साहलाई) मा उद्योगले धितो दिएको सम्पत्तिहरु मध्ये कि.नं. २६६, २६७ र २६८ को घर—जग्गा सम्पत्ति बैंकले पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग सेटिङ्गमा बोलपत्र आह्वान गरेको र बोलपत्रको रकम समेत जम्मा नलिई स्वामित्व हस्तान्तरण गरेको गैरकानूनी कार्यको छानबिन र कारबाही माग गर्दै निवेदन दिएको थिए ।

उपरोक्त कि. नं २६६, २६७ र २६८ को जग्गा र भवन सम्पत्ति मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि.लाई गरेको लिलामी र मेसिनरी सम्बन्धमा तथ्य प्रमाणहरुबाट ठूलो अनियमितता स्पष्ट देखेपछि श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सम्माननीय प्रधानमन्त्रीको निर्देशनानुसार श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र त्यहाँबाट कारबाहीको लागि मिति २०७९/०४/१५ मा च.नं.भ्र.नि./५२१/३६८ पत्र श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरलाई छानबिन गर्ने आदेशानुसार अनुरोध पत्र पठाइएको थियो ।

Letter from "Fight against Corruption and Good Governance Amplification Department" under the Office of the Prime Minister and Council of Ministers (OPMCM) to Department of Money Laundering Investigation on on 2079/04/15 B.S.

श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अपडेटको लागि सम्पर्क गर्दा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सम्पर्क गर्न भनिएको थियो ।

 

श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्पर्क गर्दा सूचना अधिकृतज्यूले तत्कालिन प्रमुख प्रेम प्रसाद भट्टराईज्यूले अधिकृत तोकी प्रारम्भिक जाँच सुरु भइसकेको जानकारी गराएका थिए । सूचना अधिकृतज्यूले जाँच अधिकृतलाई भेटेर जानकारी लिन भनेपछि, जाँच अधिकृतलाई भेट्दा बैंक तथा मालपोतबाट कागजात भिकाउने प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराएकी थिइन् । कति समय लाग्ने भनेर सोध्दा हामीले खबर गर्छौ भनेर जानकारी दिइन् ।

Letter to the Head of Sasakiya Sudhaar, Office of the Prime Minister and Council of Ministers (OPMCM) on 2079/04/03 B.S.

मिति २०७९/०६/२७ मा श्रीमान् महानिर्देशक तारानाथ अधिकारीज्यू, श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नवनियुक्त प्रमुखलाई श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखाबाट कारबाहीको लागि मिति २०७९/०४/१५ मा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएकोमा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमाबाट के कारबाही भइरहेको जानकारी प्राप्तिकालागि निवेदन गरेको थिए । 

Letter to Money Laundering Investigation Department Director General Mr. Taranath Adhikari on 2079/06/27 B.S.

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page