top of page
उद्योगीले रा.बा. बैंकमा धितोमा राखेका सम्पत्तिहरुलाई
रा.बा. बैंक र राजनीतिज्ञहरुले एक आपसमा मिलोमतो गरी
आ–आफ्नो स्वार्थपूर्तिका लागि षड्यन्त्रपूर्वक योजना बनाई
कब्जा गरी  लिलामीको नाममा हिनामिना

उद्योगको स्वीकृत सिमा ‘लिमिट’ भित्र नाफामा चलिरहेको कारोबार बिना कुनै कारण बन्द गर्ने देखि लगत्तै राष्ट्रिय वाणिज्य बैंकबाट श्रृंखलाबद्ध रुपमा यस उद्योगमाथि अन्याय माथि अन्याय गरिदै आएको छ ।

निर्यातजन्य एवम् धेरै रोजगार प्रदान गर्ने महालक्ष्मी गार्मेन्ट उद्योगको कारोबार साबिक बमोजिम सुचारु गरिदिनु भनी विगत दुई दशक भन्दा बढी समय देखि बैंकलाई समेत पटक—पटक अनुरोध गर्दै आँउदा पनि उद्योगको व्यापार सुचारु नगरी उल्टै उद्योगीले रा. बा. बैंकमा धितोमा राखेका सम्पत्तिहरुलाई रा. बा. बैंक र राजनीतिज्ञहरुले एक आपसमा मिलोमतो साँठगाँठ गरी आ–आफ्नो स्वार्थपूर्तिका लागि षड्यन्त्रपूर्वक योजना बनाई अनियमिततापूर्वक लिलामीको नाममा हिनामिना गर्ने क्रियाकलापहरु गर्दै उद्योगलाई समाप्त पार्न तिर लागे ।

उपरोक्तको बिस्तृत विवरण यस निवेदनमा तल प्रस्तुत गर्दैछु ।  

म उद्योगीले तल उल्लेखित अचल सम्पत्तिहरु राष्ट्रिय वाणिज्य बैंकलाई धितो दिएको थियो ।

निरन्तर प्रयास र पटक—पटक निवेदन गर्दै गएपछि मिति २०६१/०१/२३ (5th May 2004)  गते कारोवार सुरु गराउन पुन: रा.बा.बैंक केन्द्रीय कार्यालयमा केन्द्रका कार्यकारी प्रमुखलाई चिठी पठाएको र भेटेर समस्या समाधान गरी उद्योग सुचारु गर्न माग गर्दा भोलि पल्ट अर्थात् मिति २०६१/०१/२४ (6th May 2004)  मा ११ बजे मिटिङ्गको लागि मलाई समय प्राप्त भएको ।

मिति २०६१/०१/२४ (6th May 2004) को दिन म उद्योगी एवं रा. बा. बैंक केन्द्रिय कार्यालय कार्यकारी प्रमुखबीच ११ बजे मिटिङ्ग फिक्स भएको आधारमा म उद्योगीले मिटिङ्गमा जान तयारी गरिरहेको बेला १० बजे त्यहाँको पदाधिकारी नरेश राज अर्यालज्यूले फोन गरेर हामी पहिले सोल्टीमोड स्थित उद्योग हेर्न चाहन्छौ पछि त्यहाँबाट आएर मिटिङ्ग गर्नेछौ भन्नुभयो । मैले मिटिङ्ग गरेर त्यहाँबाट उद्योग हेर्न जाने निवेदन पनि गरेको थिए तर बैंकले नमानेपछि वहाँको इच्छा अनुसार मैले आफ्नो मानिसलाई उद्योगमा पठाएको थिए । तर आश्चर्यजनक रुपमा अचानक ११ बजे रा. बा. बैंकका कर्मचारीहरुले कारखानामा ताला लगाउन सुरु गरे ।

ताला लगाउने कुराको सूचना नै नगरी कसरी ताला लगाउनु भएको हो ? यदि ताला लगाउने इच्छा रहेछ भने तपाईँले हामीलाई आज किन मिटिङ्गमा बोलाउनु भएको थियो ? मिटिङ्गमा कुरा नमिल्ने भए ताला लगाए हुन्थ्यो । मैले तुरुन्तै उपरोक्त सबै शिकायत कार्यकारी प्रमुखलाई गरेको थिएँ ।

                 यस उद्योगको शिकायत पछि आफ्नो कानुनी प्रक्रिया पुर्‍याउनको लागि रा. बा. बैंकले  १२ बजेर १८ मिनेटमा हत्तपत्त हातबाट लेखि मिति २०६१/०१/२३ (5th May 2004) को द्यबअप म्बतभ मा चिठी लेखेर फ्याक्सद्धारा मिति २०६१/०१/२४ (6th May 2004) मा ताल्चा लगाएपछि मात्र म उद्योगीलाई धितोमा दिएका सम्पूर्ण सम्पत्तिहरु रा. बा. बैंकले कब्जा गरी आफ्नो नियन्त्रणमा लिएको जानकारी गराएका थिए ।

बैंकको यस्तो व्यवहारले बैंकको नियत कस्तो रहेको स्पष्ट हुन्छ ।

कि. नं. ३७४, ३७३, ३७२ र ८९ को भवन–जग्गा दृष्टिबन्धक गर्दा under construction रहेको र पूर्ण निर्माण पछि बैंकले मूल्याङ्कन गर्ने भनिएतापनि माथि Index मा उल्लेखित विभिन्न मितिहरुमा दृष्टिबन्धक गर्दापछि बैंकबाट कुनै सम्पत्तिहरु पुनरमूल्याङ्कन नभएको जानकारी गराउन चाहन्छु । मैले मिति २०६१/०५/३१ मा बैंकले कति मूल्याङ्कन गराई सम्पत्तिहरु कब्जा गरेको हो सो को जानकारी रा. बा. बैंक केन्द्रिय कार्यालय र शाखा कार्यालयबाट माग गरेको थिए र सोको जवाफ बैंकले नदिएको जानकारी गराउन चाहन्छु । आजसम्म पनि बैंकले जानकारी नदिएको अवगत गराउन चाहन्छु ।

बैंक सम्बन्धित व्यक्तिहरुले म र मेरो परिवारका सदस्यहरुलाई डराउने, धम्क्याउने बैंकमा रहेका धितो सम्पत्तिहरु हिनामिना गर्नका लागि सहीछाप लगाउने र स्वीकृतिको लागि प्रयास गरेपछि म उद्योगीले मिति २०६१/०८/०१ मा रा. बा. बैंक विशालबजारका प्रबन्धक श्री सन्जित मानन्धर (बोधार्थ श्रीमान् काठमाडौ जिल्ला अदालत मुख्य न्यायधिश, श्रीमान् जिल्ला प्रमुख काठमाडौ जिल्ला कार्यालय, श्रीमान् अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख, श्रीमान् गर्भनर तिलक रावल, रा. बा. बैंक केन्द्रिय कार्यालयका कार्यकारी प्रमुख, रा.बा. बैंकका अध्यक्ष एवम् अधिवक्ता) लाई सुरक्षा सम्बन्धी निवेदन दर्ता गराएको थिए ।

Letter to Rastriya Banijya Bank CEO Mr. Sanjit Manandhar (CC to concerned authorities and others) regarding safety and security on 2061/08/01 BS.

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page