top of page

नेपाल राष्ट्रको तयारी पोशाक निर्यात उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजको कारोबार सम्बन्धमा 

मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज नेपालको तयारी पोशाक उत्पादन र निर्यात गर्ने pioneer industry हो ।

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज नेपाल राष्ट्रको तयारी पोशाक निकासी व्यापारमा सधै अग्रणी स्थानमा रहदैं आएको र आ.व. २०५६/५७ मा महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजलाई नेपाल चेम्बर अफ कमर्सबाट राष्ट्रको Top Garment Exporter Award प्रदान गरिएको थियो ।

 

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजले आ.व. २०५६/५७ मा US$ 51,97,046.96  को निर्यात गरेको र उद्योगमा US$ 45,00,000.00 को अर्डर निर्यातको लागि उत्पादन भइरहेको थियो जसको Export L/C हरु राष्ट्रिय वाणिज्य बैंकमा थियो ।

 

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त तयारी पोशाक उत्पादन र निर्यात गर्ने प्रतिष्ठित उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजलाई 'The International Award - Golden America for Quality and Excellence' (आ. व. २०५६/५७) र 'The International Award - Golden America for Quality' (आ. व. २०५४/५५) द्वारा सम्मानित गरिएको थियो।

Mahalaxmi Garment Industries export orders in USD for the

Fiscal year 2056/57 (B.S.)

काठमाडौंको ताहाचल सोल्टीमोडस्थित महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजको भवनहरु (Factory) एसिया मै उत्कृष्ट प्रथम श्रेणीको संरचना र आधुनिक गार्मेन्ट मेसिनरी उपकरणले सुसज्जित रहेको तथा जापान, कोरिया, हङकङ, क्यानडा, अमेरिका तथा युरोपका विभिन्न देशहरुका प्रतिनिधिहरुको Delegation ले उद्योग भ्रमण गरेका थिए ।

Video of One of the Three similar Manufacturing Units of Mahalaxmi Garment Industries, Nepal (MGI Nepal) situated in Soaltee Mode, Kathmandu.

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीज राष्ट्रको तयारी पोशाक निकासी व्यापारमा सधैँ अग्रणी स्थानमा रहँदै कारोबार गर्दै आएको तथा सबै गुण प्राप्त भएको आधारमा महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजलाई आ. व. २०५६/५७ मा निर्यात व्यापार बढाउनको लागि नेपाल राष्ट्रमा नै प्रथम पटक नेपाल राष्ट्र बैंकबाट अमेरिकामा सम्पर्क कार्यालय (Liasion office) खोल्ने अनुमति प्रदान गरिएको थियो ।

                                तथा उद्योगको नयाँ खोलिएको Liasion Office MGI.NYC.USA बाट US$ 50,000,000.00 (पचास मिलियन यु. एस्. डलर) को एक्सपोर्ट आर्डर आगामी वर्षको लागि बुक समेत भइसकेको अवस्था थियो साथै USA मा Warehouse राख्ने समेत फाइनल गरिसकेको थिए।

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page