रक्षक नै भक्षक
ब्याजको विषयमा झूटो प्रचार गरी उद्योगको प्रतिष्ठालाई नोक्सान पुर्याएको
महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजले आफ्नो कारोबार र ऋण व्यवस्थित राख्दै राष्ट्रिय वाणिज्य बैंकमा अन्तिमका वर्षहरु (२०५५/५६ देखि २०५८/५९ सम्म) मा जम्मा रू.८,२३,८०,२५७/१८ ब्याज मात्र नै बुझाएको भनी जानकारी गराउन चाहन्छु ।
उद्योगले मिति २०६१/०८/२१ (6th December 2004) को गोरखापत्रमा प्रेश रिलिजबाट उद्योगको व्यापार किन बन्द गरेको र साविक बमोजिम कारोबार खोलिदिएको खण्डमा सावाँ ऋण चुक्ता गर्न तयार रहेको बैंक सहित सबैको ध्यानार्कषण गराएको जानकारी गराउन चाहन्छु।
मिति २०६१/०८/२१ (२००४/१२/०६) मा राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालयका Spokesperson जनार्दन आचार्य ज्यूले उद्योगको प्रतिष्ठालाई नोक्सानी पुर्याउने बदनियतले र बैंकको गल्ती ढाकछोप गर्नका लागि प्रेस रिलिज मार्फत महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजले पछिल्लो ७ (सात) बर्षदेखि बैंकमा ब्याज नबुझाएको भनेर उद्योगको कारोबार बन्द गरिदिएको भनी झूटो र भ्रमपूर्ण विवरण दिएको कुरा यस उद्योगले मिति २०६१/०८/२२ (२००४/१२/०७) को The Rising Nepal थाहा पाएको थिए ।
तथ्य
उद्योगले बैंकमा आ. व. २०५६/५७ सम्म समयमै नियमित रुपमा ऋण र ब्याज बुझाउने क्रममा आ. व. २०५६/५७ मा रू.३,९६,११,६०१।५६ ब्याज मात्र नै बुझाएको थियो ।
र राष्ट्रिय वाणिज्य बैंकले आ.व. २०५७/५८ सुरु देखि नै उद्योगको कारोबार बन्द गरेपछि पनि आ. व. २०५७/५८ रू.१,६५,३९,८१७.९५ र आ. व. २०५८/५९ मा रू.८,३१,२५४।२५ ब्याजमा बुझाएको थियो।
महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजले आफ्नो कारोबार र ऋण व्यवस्थित राख्दै राष्ट्रिय वाणिज्य बैंकमा अन्तिमका निम्न वर्षहरु (२०५५/५६ देखि २०५८/५९ सम्म) मा जम्मा रू.८,२३,८०,२५७/१८ ब्याज मात्र नै बुझाएको रा. बा. बैंकको मिति २०५८/०५/२८ को पत्रबाट पुष्टि हुन्छ भनी जानकारी गराउन चाहन्छु।
– २०५५/५६ रू. २,५६,९७,८५३।४२
– २०५६/५७ रू. ३,९६,११,६०१।५६
– २०५७/५८ रू. १,६५,३९,८१७।९५
– २०५८/५९ रू. ०८,३१,२५४।२५
राष्ट्रिय वाणिज्य बैंकले मिति २०६१/०८/२२ मा गरेको प्रेस रिलिजको महालक्ष्मी गार्मेन्ट इण्डष्ट्रिजबाट मिति २०६१/०८/२५ मा प्रमाण सहित खण्डन गरिएको थियो ।
उपरोक्त पत्रमा बकाया लेखिएको ब्याज बैंकबाट कारोबार बन्द गरेपछिको अवधिको मात्र रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले उद्योगको कारोबार बिनाकारण आफ्नो मनमर्जीले बन्द गरी उद्योगलाई निर्यात गर्न नदिई उद्योगउपर कृत्रिम ऋण सिर्जना गरी कारोबार गर्न नदिएपछि उद्योगीले ब्याज कसरी तिर्ने र सो को दायित्व उद्योगी उपर थोपार्नु कति जायज हो ?