रक्षक नै भक्षक
व्यवस्थित रुपमा स्वीकृत सीमाभित्र चलिरहेको उद्योगको कारोबार बन्द किन गरेको तथा उद्योगको कालिमाटी २(क), सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि. नं २६६, २६७ र २६८ को भवन—जग्गा समेत हिनामिना गरेको सम्बन्धमा श्री व्यवस्थापिका संसद सार्वजनिक लेख ा समितिले नेपाल राष्ट्र बैंकलाई प्रतिवेदन माग गरेको तर अहिले सम्म पेश नभएको ।
श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिबाट उपरोक्त सम्बन्धमा पटक—पटक श्री अर्थ मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकलाई आवश्यक कारबाहीको लागि तथा निर्यात उद्योगको कारोबार पुन: सञ्चालन गर्ने सम्बन्धमा निर्देशन भएको थियो तर अर्थ मन्त्रालयका सचिवज्यू र राष्ट्रिय वाणिज्य बैंक कार्यकारी प्रमुखज्यू बाट कुनै कारबाही नभएपछि श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिबाट १५ दिनभित्र छानबिन गरी, आवश्यक कारबाही समेत गरी यस समितिमा प्रतिवेदन उपलब्ध गराइदिन मिति २०६६/०२/२६ मा नेपाल राष्ट्र बैंकमा श्रीमान् गर्भनरज्यू (प.स. २०६५/६६ च. न. ३५८) र श्री अर्थ मन्त्रालयका श्रीमान् राजश्व सचिव कृष्ण हरि बास्कोटाज्यू (रा. बा. बैंकका तत्कालिन अध्यक्ष) लाई (प. स. २०६५/६६ च. न. ३५९) लाई पत्र पठाइएको थियो ।
श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको निर्देशानुसार छानबिन गरी, आवश्यक कारबाही समेत गरी पठाउनुपर्ने प्रतिवेदन नेपाल राष्ट्र बैंकले समेत हालसम्म पठाएको छैन ।
उक्त प्रतिवेदन प्राप्त भइ कारबाही भएमा उद्योगले न्याय पाउने थियो — उद्योगको कारोबार सुचारु हुने थियो र उद्योगको सम्पत्तिहरु सबै पुन: सुरक्षित हुने पूर्ण सम्भावना रहेको थियो ।
नेपाल राष्ट्र बैंक समेतले पछि किन राष्ट्रिय वाणिज्य बैंकको गैरकानुनी कार्यहरु उपर कारवाही नगरी उल्टै ढाकछोप गर्ने प्रयास गरेको ।
बैंक उपर कारवाही गर्नु के नेपाल राष्ट्र बैंकको दायित्व र जिम्मेवारी होइन ?

श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले श्री नेपाल राष्ट्र बैंकलाई मिति २०६६/०२/२६ छानबिन र कारवाही प्रतिवेदन माग गरेपछि, श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति सहितको निर्देशानुसार नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका श्रीमान् प्रमुख कार्यकारी निर्देशकलाई मिति २०६६/०२/२० (पत्र. सं. बै.वि.नि.वि./जि.एच.सि/८७/०६५/६६) मा तथा पुन: मिति २०६६/०३/०७ (पत्र. सं. बै.वि.नि.वि./ जि.एच.सि/९४/०६५/६६) मा यथाशीघ्र प्रतिवेदन उपलब्ध गराउन भनी पत्रहरु पठाएकोमा राष्ट्रिय वाणिज्य बैंकबाट प्रतिवेदन प्राप्त भएको वा नभएको हो, भएको हो भने नेपाल राष्ट्र बैंकबाट सो उपर के कारवाही भएको जानकारी पाँउ भनी नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएको छु ।
श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिमा समेत नेपाल राष्ट्र बैंकबाट हालसम्म प्रतिवेदन पेश भएको छैन ।
बैंक तथा वित्तीय संस्थाबाट उद्योगविरुद्घ भए गरिएका अनियमितता र गैरकानुनी काम कारबाहीको छानबिन, जाँचबुझ गरी कारबाही गर्ने नियामक निकाय श्री नेपाल राष्ट्र बैंक रहेकोले नेपाल राष्ट्र बैंकबाट कारवाही गरिदिनुहुन अनुरोध गर्दै आएको छु ।
मिति २०७९/०३/२४ मा श्री नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी ज्यू (बोधार्थ सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू ; सम्माननीय प्रधानमन्त्री एवम् माननीय अर्थमन्त्री श्री शेर बहादुर देउवाज्यू ; माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडु ज्यू र श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति श्री भरत कुमार साह ज्यू) लाई उद्योग ‘महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज’ लाई न्याय दिन र निर्यातजन्य उद्योगको कारोबार पुन: सुचारु गरिदिने उद्योगको निवेदन उपर उद्योग र राष्ट्रिय वाणिज्य बैंकबीच छलफल/सहमति को लागि मिति २०७९/०२/२० को पत्र संख्या: बै.वि.नि.वि./जी.एच.सी./१९/०७८/७९ को निर्देशनसहित आदेश पत्र जारी गरी पहल गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै ‘राष्ट्रिय वाणिज्य बैंकमा चल्ती कर्जा कारोबारको लागि उद्योगले धितो दिएको सम्पत्तिहरु मध्ये कि.नं. २६६, २६७ र २६८ को घर—जग्गा सम्पत्ति बैंकले पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग सेटिङ्गमा बोलपत्र आह्वान गरेको र बोलपत्रको रकम समेत जम्मा नलिई स्वामित्व हस्तान्तरण गरेको सहित गैरकानूनी कार्यहरुको छानबिन र कारबाही’ माग गर्दै तथ्य प्रमाणहरु संलग्न गरी लिखित निवेदन दिएको थिए । माननीय डिप्टी गर्भनर डा. नीलम ढुंगाना तिम्सीना ज्यू तथा माननीय डिप्टी गर्भनर श्री बम बहादुर मिश्रज्यू लाई पनि निवेदन गरेको थिए ।
उपरोक्त निवेदनमा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो समितिले मिति २०६६/०२/२० मा पत्र. सं. बै.वि.नि.वि./जि.एच.सि/८७/०६५/६६ र पुन: मिति २०६६/०३/०७ मा त्र.सं.बै.वि.नि.वि./जि.एच.सि/९४/०६५/६६ मा राष्ट्रिय वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकमा यथाशीघ्र प्रतिवेदन उपलब्ध गराउन पत्र पठाउँदा पनि राष्ट्रिय वाणिज्य बैंकले छानबिन र कारबाही प्रतिवेदन बुझाएको छैन भनी समेत उल्लेख गरेको थिए ।
श्री नेपाल राष्ट्र बैंकमा भेट गरी सम्पूर्ण तथ्य प्रमाण सहित जानकारी सबै गराइसकेको र श्री नेपाल राष्ट्र बैंकबाट यथाशीघ्र राष्ट्रिय वाणिज्य बैंक तथा सम्बन्धित संलग्नहरुमाथि कारबाही हुने आश्वासन श्री नेपाल राष्ट्र बैंकबाट भेट गर्दा र फोन मार्फत समेत प्राप्त भएकोमा उपरोक्त सम्बन्धमा श्री नेपाल राष्ट्र बैंकबाट के कारबाही भएको सो सम्बन्धमा जानकारी प्राप्त गराइदिनुहुन माननीय गर्भनरज्यू तथा माननीय डिप्टी गर्भनरज्यूहरु (बोधार्थ सम्मानीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू) समक्ष पुन: मिति २०७९/०६/२७ मा निवेदन गरेको थिए ।
Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.
Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.- CC: Hon’ble PM Mr. Sher Bahadur Deuba.
Letter to Nepal Rastra Bank Deputy Governor Dr. Neelam Dhungana Timsina on 2079/06/27 B.S.
Letter to Nepal Rastra Bank Governor Mr. Maha Prasad Adhikari on 2079/06/27 B.S.





