रक्षक नै भक्षक
मा. राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सहकारी संस्था, ऋण असुली न्यायधिकरण अधिकृत अस्मान तामाङ ज्यू र रा.बा.बैंकसहितको एक–आपसमा मिलेमतो साँठगाँठ
नेपाल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष तथा सभासद राजेन्द्र प्रसाद पाण्डेले रा. बा. बैंक तथा ऋण असुली अधिकृत अस्मान तामाङ ज्यू सहितसँग मिलोमतो गरी सम्पत्तिहरुको विवरण हेरफेर गरेर र जानकारी समेत लुकाएर आफूलाई अनुकूल र उपयुक्त हुने गरी उद्योगको धितोहरुको मिति २०७१/५/२७ मा मुचुल्का खडा गरि प्रचलित बजार मूल्य अनुसार मूल्याङकन कायम गनुपर्ने अनिवार्य व्यवस्था विपरीत आफू अनुकूल एकदमै न्यून मूल्य कायम गरी मिति २०७१/०९/१३ मा ऋण असुली न्यायधिकरण अधिकृत अस्मान तामाङज्यूले नियमावली विपरीत, अवैधानिक र त्रुटिपूर्ण लिलामी सूचना प्रकाशित
ऋण असुली न्यायधिकरण अधिकृत अस्मान तामाङज्यू समेतबाट भए गरिएका गैरकानूनी काम कारवाहीका व्यहोराहरु निम्न लिखित बुदाँहरु मार्फत जानकारी गराउन चाहन्छु :–
ऋण असुली अधिकृतले मालपोत न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण नगरेको
एकै कम्पाउण्डबालभित्रको उत्तरतिर प्रवेशमा रहेको सम्पत्ति समावेश नगरेको तथा उल्लेखित कि. नं. ३७४, ३७३, ३७२ र ८९ को नयाँ क्षेत्रफलहरु सहितको जानकारी समेत लुकाई सम्पत्ति अवमूल्याङ्कन गरेको, त्रुटिपूर्ण बोलपत्र आह्वान गरेको
चार किल्ला प्रमाणितमा मोटर बाटो रहेको जग्गामा ऋण असुली अधिकृतले बाटो नभएको भनी जग्गालाई अवमूल्याङ्कन गरेको
प्राविधिक मूल्याङ्कन (Technical Valuation)
बोलपत्र दाखिला समेतका त्रुटिहरु
ऋण असुली अधिकृतले मालपोत न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण नगरेको
ऋण असुली न्यायधिकरण/अधिकृतबाट भए गरिएका त्रुटिहरु र थप गैरकानूनी काम कारवाही
लिलाम सकार गर्ने व्यक्तिहरु र ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूको आपसी मिलेमतो र साँठ—गाँठमा गैरकानूनी काम कारवाहीलाई निरन्तरता दिएको
बैंक तथा वित्तिय संस्थाको ऋण असुली नियमावली, २०५९ मा प्रचलित बजार भाउलाई ध्यानमा राखी मूल्याङ्कन गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । ऋण असुली अधिकृतले उक्त व्यवस्थालाई पालना नगरी खरीदकर्ता राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सहकारी संस्था समेत र रा. बा. बैंकसँग सेटिङ्गमा ज्यादै कम मूल्य कायम गरी तथा मालपोत रजिष्ट्रेशन न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण नगरी सबै धितो सम्पत्तिहरु अवमूल्याङ्कन गरेको छ ।
उक्त मिति २०७१/०९/१३ को लिलाम बिक्रीको सूचनामा डाँछीको कि.नं. १५६ (क्षे.फ. ६–३–२–० जग्गा) को मूल्य रु. ३,७३,१२,५००/– र कि.नं. ७० (क्षे.फ. ५–६–३–० जग्गा) को मूल्य रु. ९७,५९,३७५/– गरी जम्मा रु.४,७०,७१,८७५/— ( अक्षरेपी रु. चार करोड सत्तरी लाख एकत्तर हजार आठ सय पचहत्तर मात्र) कायम गरिएको छ, जबकी मिति २०५६/११/३० मा (पत्र सं च.नं. ७६८) गा. वि. स. कार्यालय, डाँछीद्वारा रु. १७,००,०००/— (अक्षरेपी रु. सत्त्र लाख) प्रति रोपनी चलन चल्ति मूल्याङकन रहेको भनिएको छ र बोलपत्र आह्वान गर्दा उक्त दुवै जग्गाको मूल्य रु. १८ (अठार) करोड भन्दा बढी नै रहेको छ ।
त्यस्तै न्यूरोड टेवहालका कि.नं. ६४७ र ६४८ (क्षे.फ ०—२—३—२) को घर—जग्गाको जम्मा मूल्य रु.२,८८,८२,०००/— ( अक्षरेपी रु. दुई करोड अठासी लाख बयासी हजार मात्र ) कायम गरिएको छ, जबकी उक्त घर—जग्गाको सन् ११ फ्रेरब्ररी २०११ (मिति २०६७/१०/२८) मा नै प्रति आना तीन करोड पर्ने सो सम्पत्तिको मूल्य रु. ८,६५,००,०००/— ( अक्षरेपी रु. आठ करोड पैसठ्ठि लाख ) कायम गरिएको थियो र लिलाम बिक्रीको सूचना प्रकाशित गर्दा रु.८,६५,००,०००/— भन्दा बढी नै रहेको छ ।
त्यस्तै कालीमाटीको कि.नं. ८९, ३७२, ३७३ र ३७४ को भवन—जग्गाको जम्मा मूल्याङ्कन रु. ५,८५,५४,०००/— ( अक्षरेपी रु. पाँच करोड पचासी लाख चवन्न हजार मात्र) गरिएको छ, जबकी उक्त घर जग्गाको सन् ११ फ्रेरब्ररी २०११ (मिति २०६७/१०/२८) मा नै मूल्य रु. १६,५५,६६,१३५/— (अक्षरेपी रु. सोह्र करोड पच्पन्न लाख छैसट्टी हजार एक सय पैत्तीस मात्र) कायम गरिएको थियो र लिलाम बिक्रीको सूचना प्रकाशित गदा सो भन्दा बढी नै रहेको छ ।
मिति २०७१/०९/१३ मा ऋण असुली न्यायधिकरणबाट प्रकाशित लिलामी सूचनामा उल्लेखित सम्पूर्ण सम्पत्तिहरुको मूल्याङ्कन गर्दा ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले मालपोत न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण नगरेको तथ्य तल उल्लेखित मालपोत कार्यालयको टिप्पणीहरुबाट समेत प्रमाणित हुन्छ :
-
मा. पो. का. साँखुले डाँछीको कि.नं. १५६ (क्षे.फ. ६–३–२–० जग्गा) र कि.नं. ७० (क्षे.फ. ५–६–३–० जग्गा) को दा.खा. का लागि मिति २०७२/०१/२७ मा उठाएको टिप्पणीबाट ऋण असुली अधिकृतले गरेको मूल्याङ्कन रु. ४,७०,७१,८७५/— लाई अस्वीकार गरी रजिस्ट्रेशन प्रयोजनको लागि दुवै कित्ता जग्गाको जम्मा मूल्य रु. ५,५८,७५,०००/— कायम गरेकोले सम्पत्ति अवमूल्याङ्कन भएको आफै प्रष्ट देखिन्छ ।
-
ऋण असुली अधिकृतले कालीमाटीको कि.नं. ८९, ३७२, ३७३ र ३७४ को कित्ताहरुमा रहेको घरको मूल्याङ्कन गराँउदा जम्मा मूल्य रु.१,०२,५४,६००/— मूल्याङ्कन गरेको छ । तर मा. पो. का. कलंकीले दा. खा. सम्बन्धी काम कारवाही अगाडि बढाँउदा रजिस्ट्रेशन प्रयोजनको लागि का.म.न.पा.को कार्यालयले मिति २०७२/०१/०३ को पत्रबाट घर जग्गा कर निर्धारण गर्दा उक्त कित्ताहरुमा रहेको घरको मूल्य रु. १,४५,७९,२८४/— कायम गरेकोले घरलाई ऋण असुली अधिकृतबाट कम मूल्याङ्कन गरी सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट छ ।
-
त्यसै गरी न्यूरोड टेवहालका कि.नं. ६४७ र ६४८ को घरलाई ऋण असुली अधिकृतले मूल्याङ्कन गराँउदा जम्मा मूल्य रु. १,३२,०००/— मूल्य कायम गरेकोमा रजिस्ट्रेशन प्रयोजनको लागि का.म.न.पा.ले मिति २०७२/०१/०३ मा मा.पो.का.लाई मूल्याङ्कन गरी पठाँउदा घरको रु. ५,६७,९२८/— मूल्य कायम गरेको छ । जसले ऋण असुली अधिकृतबाट कम मूल्याङ्कन गरी सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट हुन्छ ।
रजिष्ट्रेशन दस्तुर प्रयोजनको लागि मालपोतले गरेको न्यूनतम मूल्याङ्कन बजार भाउ भन्दा ज्यादै कम हुने भएकोले सो मूल्याङनलाई कर्जा असुलीका सम्बन्धमा आधार बनाउन नमिल्ने भएतापनि ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले उक्त मालपोत न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण गर्नु भएको छैन । ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले गरेको मूल्याङ्कन भन्दा मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनको लागि गरिएको न्यूनतम मूल्याङ्कन बढी भएकोले धितो सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट छ ।
ऋण असुली अधिकृत र रा. बा. बैंकले खरीदकर्ता मा. राजेन्द्र प्रसाद पाण्डे अध्यक्ष नेपाल स्वास्थ्य सहकारी संस्थासँग मिलेमतो गरी कालिमाटी २(क) हाल वडा नं. १३ सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) स्थित साविक कि. नं. ३७४, ३७३, ३७२ र ८९ (हाल कि.न. २१४ र ३०) को भवन—जग्गालाई कम मूल्यमा बिक्री गर्न सकियोस् साथै साविक कि. नं. ६३९ र ६४२ (हाल कि. नं. २१३) सित्तैमा प्रयोग गर्न दिन सकियोस् भनी एकै कम्पाउण्डबालभित्रको उत्तरतिर प्रवेशमा रहेको सम्पत्ति साविक कि.नं. ६३९ र ६४२ (हाल कि. नं. २१३) को घर—जग्गा समावेश नगरी तथा उल्लेखित कि. नं. ३७४, ३७३, ३७२ र ८९ को नयाँ क्षेत्रफलहरु सहितको जानकारी समेत लुकाई ऋण असुली न्यायधिकरण अधिकृत अस्मान तामाङ ज्यूले लिलाम बिक्री प्रयोजनको लागि मिति २०७१/५/२७ मा मुचुल्का खडा गरी नियमावली विपरीत र त्रुटिपूर्ण बोलपत्र मिति २०७१/९/१३ मा आह्वान
-
ऋण असुली न्यायधिकरणको मिति २०६९/५/१९ गतेको मुचुल्कामा “काठमाण्डौँ, का.म.न.पा. कालिमाटी २(क), सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) स्थित कि. नं. ३७४, ३७३, ३७२ र ८९ को नयाँ कि. नं र क्षेत्रफलको जानकारी मालपोत कार्यालयसँग माग गरिएकोले जवाफ आएपछि यकिन हुने” भनी स्पष्ट उल्लेख गरिएको छ । तर ऋण असुली अधिकृत अस्मान तामाङज्यूको अध्यक्षतामा लिलाम बिक्री प्रयोजनको लागि मिति २०७१/५/२७ मा मुचुल्का खडा गर्दा कि. नं. ३७४, ३७३, ३७२ र ८९ को हाल साविक भइ कायम नयाँ कि.नं र क्षेत्रफल रा.बा. बैंक समेतले लुकाइ गरेको मूल्याङ्कन कार्य स्पष्ट रुपमा मा. राजेन्द्र प्रसाद पाण्डेसँगको साँठ—गाँठमा गरिएको र त्रुटिपूर्ण र कानुन प्रतिकूल रहेको छ । रा. बा. बैंक र ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले खरीदकर्ता मा. राजेन्द्र प्रसाद पाण्डेसँग सेटिङ्ग गरी कम मूल्यमा बिक्री गर्न सकियोस् भनी उल्लेखित कित्ताहरुको नयाँ क्षेत्रफलहरु सहितको जानकारी समेत लुकाएका छन् ।

-
खरीदकर्ता नेपाल स्वास्थ्य सहकारी संस्था अध्यक्ष मा. राजेन्द्र प्रसाद पाण्डेसँग मिलोमतो गरी कालिमाटी २(क), ताहाचलको सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) स्थित साविक कि. नं. ३७४, ३७३, ३७२ र ८९ (हाल कि.न. २१४ र ३०) को भवन—जग्गालाई कम मूल्यमा बिक्री गर्न सकियोस् भनी एकै कम्पाउण्डबालभित्रको उत्तरतिर प्रवेशमा रहेको सम्पत्ति साविक कि.नं. ६३९ र ६४२ (हाल कि.न. २१३) को घर—जग्गा ऋण असुली न्यायधिकरणको फैसला र आदेश तथा नियमावली विपरीत उक्त साविक कि.नं. ६३९ र ६४२ को भवन–जग्गा (साविक क्षे.फ. ०–११–१–०) लाई रा. बा. बैंक समेतको संलग्नतामा समावेश नगरी तथा मूल्याङ्कन नगरी नियमावली विपरीत र त्रुटिपूर्ण बोलपत्र आह्वान गरेको
काठमाडौं कालीमाटी २(क) सोल्टीमोड स्थित कि.नं. ८९, ३७२, ३७३ र ३७४ (हाल कि.न. २१४ र ३०) तथा कि.नं. ६३९ र ६४२ (हाल कि. नं. २१३) को घर—जग्गाहरु एकै कम्पाउण्डबाल भित्र रहेको छ तथा उत्तरपट्टि रहेको कि.नं. ६३९ र ६४२ को घर—जग्गा भित्रबाट प्रवेश गरेर मात्र कि.नं. ८९, ३७२, ३७३ र ३७४ को घर—जग्गा भित्र प्रवेश गर्न सकिन्छ । ऋण असुली अधिकृतले मिति २०७१/०९/१३ को लिलाम बिक्रीको सूचना प्रकाशित गर्दा सोल्टीमोड, ताहाचलको २ कित्ता (कि.नं. ६३९ र ६४२ को) जग्गा अर्थात् जम्मा क्षे.फ. ०–११–१–० (साबिक) को जग्गालाई लिलाममा समावेश नगरेको र कुनै मूल्याङ्कन समेत नगरेको कार्य त्रुटिपूर्ण छ। साथै घर—जग्गा सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट छ ।
सम्बन्धित जानकारी
२०६६ सालमा मा. अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले छानबिन, कारबाही र समस्या समाधान गरी श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिलाई सहयोग गर्नु सट्टा उद्योगको कालिमाटी २(क), सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि. नं २६६, २६७ र २६८ को भवन—जग्गा सम्पत्ति हिनामिना र ठूलो भष्ट्राचार गरेका मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा. लि. र राष्ट्रिय वाणिज्य बैंकका संलग्न भ्रष्ट कर्मचारीहरुलाई संरक्षण र बचाव गरी स्वयं मा. सुरेन्द्र पाण्डेले उद्योगका बाँकी सम्पत्तिहरु मिलीजुली खाने र लुट्ने तथा मेरो निर्यात उद्योग समाप्त पार्ने राष्ट्रिय वाणिज्य बैंकसहित सित साँठ—गाँठ गरे ।
२०६६ सालमा नै नेपाल स्वास्थ्य सहकारी संस्थाका शेयरधनी तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल मन्त्रीमण्डलमा रहेका शेयरधनी तत्कालिन अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे र संस्थाका अध्यक्ष तथा सभासद राजेन्द्र प्रसाद पाण्डे सहितले मेरो उद्योगको भवनको कम्पाउण्डभित्रको १० आना १ दाम जग्गा (कि. नं. २९ र २१२) जग्गा लिनु उद्योगलाई समाप्त पारी सबै सम्पत्तिहरु हड़पने र हिनामिना गर्ने सरकारी स्वामित्वको रा. बा. बैंकसित योजना नै बनाएका रहेछन् ।
२०६६ को तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा सर्भिङ्ग माईण्डस प्रा. लि. अध्यक्ष मा. दीपक बोहरालाई पनि वन तथा भूसंरक्षण मन्त्रालय दिइ शामिल गरियो ।
-
सम्मानित न्यायधिकरणको फैसलामा सो कि.नं. ६३९ र ६४२ को घर–जग्गा समेतबाट बैंकको साँवा ब्याज रकम असुल उपर गर्नुपर्ने भनी ठहर गरेको अवस्था छ र सो जग्गालाई लिलाममा समावेश नगर्नु सम्मानित न्यायधिकरणको फैसला विपरित हुन गएको प्रष्टै हुन्छ ।
-
माथि उल्लेखित जग्गालाई स्वयं सम्मानित न्यायधिकरणको फैसला विपरीत लिलाममा समाहित नगर्नु पर्ने कुनै आधार र कारण छैन तथा ऋण असुली अधिकृतले पनि कुनै मनासिव कारण उल्लेख गर्न सक्नु भएको छैन ।
-
बैंक तथा वित्तिय संस्थाको ऋण असुली नियमावली, २०५९ को नियम २७, २८ र २९ बमोजिम धितो राखिएको तथा रोक्का गरिएको सम्पूर्ण सम्पत्तिबाट लिलाम कारवाही गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अनुशरण गर्दै ऋण असुली न्यायाधिकरणका ऋण असुली अधिकृतले मिति २०६८/०२/०१ को पत्रबाट सम्पत्तिको मूल्याङ्कन गरी लिलामी गर्ने प्रयोजनको लागि कि.नं. ६३५, ६३८, ६३९, ६४१ र ६४२ को जग्गा रोक्का राख्ने गरी मा.पो.का., कलंकीका नाउँमा पत्र जारी गरिएको अवस्था छ । अर्थात् ऋण असुली न्यायाधिकरणका अधिकृत आफैले उक्त सम्पत्तिबाट लिलाम गर्नुपर्ने भनी पुन: रोक्का राखिएको अवस्थामा पछि गएर उक्त सम्पत्तिलाई कुनै मूल्याङ्कन नगरी, लिलाममा नचढाएको कार्य आफैमा गैह्र कानुनी र त्रुटिपूर्ण रहेको प्रष्ट हुन्छ ।
-
साविक कित्ताबाट कित्ता काट भई म निवेदकको नाउँमा दर्ता रहेको का.जि.का.म.न.पा. वडा नं. २(क) वाफल सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि) मा दुई वटा घरहरु छन् जसमध्ये साबिक कि.नं. ६४२ मा २ तल्ले र साबिक कि.नं. ६३९ मा १ तल्ले घर छ । उक्त दुवै कित्ता जग्गा र घर तथा का.जि.का.म.न.पा. वडा नं. २(क) वाफल स्थित साबिक कि.नं. ८९ को साबिक क्षे.फ. ०–९–३–०, ऐ.ऐ. साबिक कि.नं. ३७२ को साबिक क्षे.फ. ०–८–०–०, ऐ.ऐ. साबिक कि.नं. ३७३ को साबिक क्षे.फ. ०–६–२–० र ऐ.ऐ. साबिक कि.नं. ३७४ को साबिक क्षे.फ. १–०–०–० र सो जग्गाहरुमा बनेको पक्की भवनहरु समेत एकै कम्पाउण्डवाल भित्रको रहेको छ । जस मध्ये साविक कि.नं. ६३९ र ६४२ (हाल कि.न. २१३) को भवन जग्गाको भित्रबाट प्रवेश गरेर मात्र साविक कि.नं. ८९, ३७२, ३७३, ३७४ (हाल कि.न. २१४ र ३०) को भवन जग्गामा प्रवेश गर्न सकिन्छ ।
-
ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले र रा. बा. बैंकले कि.नं. ८९, ३७२, ३७३, ३७४ को घर जग्गालाई कम मूल्यमा बिक्री गर्न सकियोस् र सकार गर्ने व्यक्तिसँग मिलोमतो गरी कि.नं. ६३९ र ६४२ सितैमा प्रयोग गर्न दिन सकियोस् भन्ने दुषित मनसायबाट नै उक्त कि.नं. ६३९ र ६४२ को भवन–जग्गा (साविक क्षे.फ. ०–११–१–०) लाई लिलामीमा समाहित नगरेको प्रष्ट हुन्छ । साथै कि.नं. ८९, ३७२, ३७३, ३७४ को घर–जग्गालाई अवमूल्याङ्कन गरेको तथ्य पनि प्रष्ट हुन्छ ।
-
कि.नं. ८९, ३७२, ३७३ र ३७४ समेतको भवन जग्गा सकार गर्नेसँग मिलोमतो गरी कि.नं. ६३९ र ६४२ समेतको घर जग्गालाई सितैमा प्रयोग गर्न दिन सकियोस र सो वापत आफुले अनुचित लाभ उठाउन सकियोस् भन्ने मनसायले नै ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले उक्त कि.नं. ६३९ र ६४२ समेतका जग्गा र घरलाई लिलामीमा सहभागी नगराइएको कार्य स्पष्ट त्रुटिपूर्ण छ ।

बाटो नभएको भनी जग्गालाई अवमूल्याङ्कन
-
जिल्ला काठमाडौं डाँछी गा.वि.स. वडा नं. ९(ख) को कि.नं. ७० को क्षे.फ. ५–६–३–० जग्गालाई बाटो नभएको भनी प्रति रोपनी रु. अठार लाख (प्रति आना रु. १,१२,५००/—) कायम गर्ने गरी ऋण असुली न्यायधिकरण अधिकृत अस्मान तामाङ ज्यूको अध्यक्षतामा मिति २०७१/०५/२७ मा मुचुल्का खडा गरिएको छ । ऐ.ऐ. कि.नं. १५६ को क्षे.फ. ६–३–२–० को जग्गालाई प्रतिआना रु.३,७५,०००/— (रु. तीन लाख पचहत्तर हजार मात्र) कायम गरिएको छ।
-
नापी नक्सा, तत्कालिन गा.वि.स.को कार्यालय डाँछीको २०५६/११/२० को पत्रका साथै तत्कालिन डाँछी गा.वि.स. हाल कागेश्वरी मनहरा न.पा.ले मिति २०७१/१२/१७ मा चार किल्ला प्रमाणितमा मोटर बाटो रहेको भनी स्पष्ट उल्लेख गरेको छ ।
-
साथै कि.नं. ७० को हकमा ऋण असुली अधिकृतले मिति २०६८/०५/२६ मा मूल्याङ्कन गर्दा उक्त जग्गामा बाटो रहेको भनी आफैले उल्लेख गर्नु भएको छ । अर्थात् कि.नं. ७० को जग्गामा बाटो रहेको तथ्य प्रमाणित भई रहेको अवस्थामा उक्त जग्गामा बाटो छैन भनी प्रति रोपनी रु.१८,००,०००/— मात्र (अक्षरेपी रु.अठार लाख मात्र ) कायम गरी जग्गालाई अवमूल्याङ्कन गरेको प्रष्ट देखिन्छ ।
-
रजिष्ट्रेशन दस्तुर प्रयोजनको लागि मालपोतले आ.व. ०७०/७१ का लागि काठमाडों जिल्ला डाँछी गा.वि.स. हाल कागेश्वरी मनहरा नगरपालिकाको गोरेटो बाटो भएको जग्गा प्रति आना रु. १,५०,०००/— (अक्षरेपी रु. एक लाख पचास हजार मात्र ) कायम छ भने कच्ची मोटरबाटो भएको जग्गा प्रति आना रु. ३,००,०००/— (अक्षरेपी रु. तीन लाख मात्र) कायम छ । अर्थात् मालपोतको मूल्याङ्कनलाई आधार मान्ने हो भने पनि कि.नं. ७० को क्षे.फ. ५–६–३–० जग्गा ऋण असुली अधिकृतले गरेको मूल्याङ्कन भन्दा धेरै बढी प्रति रोपनी रु. ४८,००,०००/— (अक्षरेपी रु. अडचालीस लाख मात्र) नै पर्न आउँछ ।
-
काठमाडों जिल्ला डाँछी मा.पो.का. साँखुले दा.खा.का लागि मिति २०७२/०१/२७ मा उठाएको टिप्पणीबाट ऋण असुली अधिकृतले गरेको मूल्याङ्कनलाई अस्वीकार गरी रजिष्ट्रेशन दस्तुर प्रयोजनको लागि दुवै कित्ता जग्गा अर्थात् कि.नं. ७० र १५६ को जग्गामा मोटर बाटो छ भनी जम्मा मूल्य रु. ५,५८,७५,०००/– (अक्षरेपी रु. पाँच करोड अन्ठाउन्न लाख पचहत्तर हजार मात्र) मा.पो.का. साँखुले कायम गरेको छ । जबकि ऋण असुली न्यायधिकरणले मिति २०७१/०९/१३ को लिलाम बिक्रीको सूचनामा रु. ४,७०,७१,८७५/— (अक्षरेपी रु. चार करोड सत्तरी लाख एकत्तर हजार आठ सय पचहत्तर मात्र) मूल्य मात्र कायम गरिएको छ ।
रजिष्ट्रेशन दस्तुर प्रयोजनको लागि मालपोतले गरेको न्यूनतम मूल्याङ्कन बजार भाउ भन्दा ज्याद कम हुने भएकोले सो मूल्याङ्कनलाई कर्जा असुलीका सम्बन्धमा आधार बनाउन नमिल्ने । ऋण असुली अधिकृतले उक्त मालपोत रजिष्ट्रेशन न्यूनतम मूल्याङ्कनलाई समेत अनुशरण गर्नु भएको छैन ।
यसरी काठमाडौं जिल्ला डाँछी गा.वि.स. अर्थात् कागेश्वरी मनहरा नगरपालिका डाँछी ९(ख) कि. नं. ७० (क्षे.फ. ५—६—३—०) र कि. नं. १५६ (क्षे.फ. ६—३—२—०) को जग्गालाई अवमूल्याङ्कन गरेको तथ्य पनि प्रष्ट हुन्छ ।


प्राविधिक मूल्याङ्कन (Technical Valuation)
-
म निवेदकले फ्रेवुअरी २०११ (माघ २०६७) मा प्राविधिक मूल्याङ्कन कर्ताबाट धितोको सम्पत्तिलाई गरेको मूल्याङ्कनको रकम भन्दा ऋण असुली अधिकृतले गरेको मूल्याङ्कन रकममा जमिन आसमानको फरक छ । र सो मूल्याङ्कन रिपोर्टहरुको प्रतिलिपि मिति २०७१/१०/११ निवेदनसाथ श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिमा संलग्न गरिसकेको छु । साथै सम्माननीय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मार्फत मिति २०६९/९/२५ मा र म मार्फत पनि रा. बा. बैंक कार्यकारी प्रमुखले सो मूल्याङ्कन रिपोर्टहरुको प्रतिलिपि प्राप्त गरिसकेको जानकारी गराउन चाहन्छु ।
-
ऋण असुली अधिकृतको अध्यक्षतामा लिलाम बिक्री प्रयोजनको लागि मिति २०७१/०५/२७ गते बसेको मूल्याङ्कन समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपी मिति २०७१/१०/१८ मा प्राप्त गर्दा र उक्त प्रतिलिपी अध्ययन गर्दा धितोमा रहेको सबै घर र भवनहरुको समेतको मूल्याङ्कनको हकमा प्राविधिकबाट मूल्याङ्कन गराउने भन्ने उल्लेख गरिएको छ । मलाई उपलब्ध गराइएको प्रतिलिपिबाट घरको हकमा प्राविधिक मूल्याङ्कन गरिएको तथ्य खुल्दैन ।
-
ऋण असुली अधिकृतले कालीमाटीको कि.नं. ८९, ३७२, ३७३ र ३७४ को कित्ताहरुमा रहेको भवनको मूल्याङ्कन गराँउदा जम्मा मूल्य रु. १,०२,५४,६००/— मूल्याङ्कन गरेको छ । तर मा. पो. का. कलंकीले दा. खा. सम्बन्धी काम कारवाही अगाडि बढाँउदा रजिष्ट्रेशन प्रयोजनको लागि का.म.न.पा.को कार्यालयले मिति २०७२/०१/०३ को पत्रबाट घर जग्गा कर निर्धारण गर्दा उक्त कित्ताहरुमा रहेको भवनको मूल्य रु. १,४५,७९,२८४/— कायम गरेकोले घरलाई ऋण असुली अधिकृतबाट कम मूल्याङ्कन गरी सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट छ ।
-
त्यसै गरी न्यूरोड टेवहालका कि.नं. ६४७ र ६४८ को घरलाई ऋण असुली अधिकृतले मूल्याङ्कन गराँउदा जम्मा मूल्य रु. १,३२,०००/— मूल्य कायम गरेकोमा रजिष्ट्रेशन प्रयोजनको लागि का.म.न.पा.ले मिति २०७२/०१/०३ मा मा.पो.का.लाई मूल्याङ्कन गरी पठाँउदा घरको रु. ५,६७,९२८/— मूल्य कायम गरेको छ । जसले ऋण असुली अधिकृतबाट कम मूल्याङ्कन गरी सम्पत्ति अवमूल्याङ्कन गरेको प्रष्ट हुन्छ ।
-
प्राविधिक मूल्याङ्कन नै नगराईकन ऋण असुली अधिकृत आफैले अनुमानित रुपमा लिलाम सूचनामा ज्यादै न्यून मूल्य कायम गरिएको हुँदा उक्त कार्य कानून प्रतिकुल रहे भएको प्रमाणित हुन्छ ।
उपरोक्त ऋण असुली अधिकृतले गरेको काम कारवाहीहरुले ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूको, रा. बा. बैंकको र खरीदकर्ताको मिलोमतोमा भए गरिएको स्पष्ट छ ।
बोलपत्र दाखिला समेतका त्रुटिहरु
-
मिति २०७१/१०/१८ गते नेपाल स्वास्थ्य सेवा सहकारी संस्था समेत ४ जनाले टेण्डर फारम पाउँ भन्ने संयुक्त दरखास्त निवेदन पत्र ।
-
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था समेत ४ (चार) ले संयुक्त रुपमा रु. १३,५०,००,०००/— (अक्षरेपी रु. तेह्र करोड पचास लाख मात्र ) मूल्य कवुल गरी मिति २०७१/१०/१८ (३६ औं दिन) मा बोलपत्र पेश गर्नु भएको ।
-
बोलपत्र साथ कवुल गरेको अंकको १० (दश) प्रतिशत रकम मिति २०७१/१०/१८ मा जम्मा हुनुपर्नेमा बोलपत्र खरिदकर्ताहरुले मिति २०७१/१०/१९ गतेमा आएर दाखिला गरेको ।
-
बोलपत्र शर्त ४ अनुसार “आफूले लिलाममा लिन चाहेको सम्पत्तिको विवरण अनिवार्य रुपमा भौचरको पछाडि उल्लेख गनुपर्नेछ” तर मिति २०७१/१०/१९ मा बोलपत्र साथ पेश भौचरहरु (नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका तर्फबाट दाखिल भौचर नं ६६४३७, सुमित्रा पराजुली अधिकारीका तर्फबाट दाखिल भौचर नं ६६४३२ र संगीता कुमारी पाठक र गीता पाण्डेयका तर्फबाट दाखिल भौचर नं ६७१३०) मा पछाडि कुन कित्ता जग्गा कबोल गरेको उल्लेख नभएको ।
-
बोलपत्र शर्त ६ मा “रीतपूर्वक नभरिएको, म्याद नाघि प्राप्त भएको ............. बोलपत्रहरु उपर कारबाही हुनेछैन” उल्लेख छ । तर बोलपत्र शर्त ४ र ६ विपरीत ऋण असुली अधिकृतले उक्त बोलपत्रहरु स्वीकृत गरिएको कार्य कानुन विपरीत र त्रुटिपूर्ण छ ।
-
मिति २०७१/१०/१९ मा ऋण असुली न्यायाधिकरणबाट बोलपत्र खोल्नका लागि मुचुल्का खडा गरिएको र सोही दिन प्रतिनिधिहरुको रोहवरमा खोलिएको । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका तर्फ़बाट प्रतिनिधि श्री ज्ञानेन्द्र प्रसाद पाण्डे उपस्थित ।
-
ऋण असुली अधिकृतले मिति २०७१/१०/२२ को एकल निर्णय (अर्थात् कसैलाई रोहवरमा नराखी) बाट नेपाल स्वास्थ्य सेवा सहकारी संस्था समेत ४(चार) जनाको नाँउ बोलपत्र स्वीकृत गरेको ।
बोलपत्र शर्त ९ मा बोलपत्र खुलेको मितिले १५ दिन भित्र बोलपत्र स्वीकृत भए नभएको जानकारी लिन बोलपत्रदाता स्वयम् न्यायाधिकरण उपस्थित हुनुपर्नेछ।
ऋण असुली अधिकृतबाट सोही मिति २०७१/१०/२२ को च.नं ५३४ को पत्रबाट १५ दिनभित्र रकम दाखिला गर्नकालागि पत्र जारी भएको र सो पत्र मिति २०७१/१०/२३ मा नेपाल स्वास्थ्य सेवा सहकारी संस्था समेतका तर्फबाट विवश दवाडीले बुझेका थिए ।
-
बोलपत्र शर्त नं ८ मा स्वीकृत भएको जानकारी पाएको मितिले १५ दिनभित्र बाँकी सम्पूर्ण रकम दाखिला गनुपर्ने अन्यथा धरौटी वाफत जम्मा गरेको रकम जफत गरिने भनी उल्लेख भएको तर सो शर्तको पालना भएको छैन ।
-
ऋण असुली अधिकृतबाट मिति २०७१/१०/२२ को च.नं ५३४ को पत्रबाट १५ दिनभित्र रकम दाखिला गर्नकालागि पत्र जारी भएको र सो पत्र मिति २०७१/१०/२३ मा नेपाल स्वास्थ्य सेवा सहकारी संस्था तर्फबाट विवश दवाडीले बुझेका छ । मिति २०७१/१०/२३ बाट १५ दिन मिति २०७१/११/०८ मा हुन्छ । लिलाम सूचनामा उल्लेख शर्त अनुसार ९० प्रतिशत सम्पूर्ण रकम मिति २०७१/११/०८ भित्र दाखिला गर्नुपर्नेमा म्याद नघाई मिति २०७१/११/१७ , मिति २०७१/११/२० र मिति २०७१/११/२२ मा रकम दाखिला गरेको कार्य लिलाम सूचना बोलपत्रको शर्त विपरीत छ ।
-
शर्त अनुसार धरौटी वाफत जम्मा गरेको रकम जफत गर्नुसट्टा यसरी म्याद नघाई ९० प्रतिशत रकम दाखिला गर्न दिएको र ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले स्वीकार गरेको कार्यले ऋण असुली अधिकृत र खरीदकर्ताको मिलोमतो भएको स्पष्ट छ ।
-
ऋण असुली अधिकृतले मिति २०७१/१०/२२ को निर्णयबाट नेपाल स्वास्थ्य सेवा सहकारी संस्था समेत जना ४ को नाउँमा बोलपत्र स्विकृत गरी बाँकी रकम १५ दिन भित्र दाखिला गर्न लगाउने व्यहोराको आदेश भएको तर १५ दिन नाघेको धेरै दिनपछि मात्र मिति २०७१/११/१७ मा भौचर नं. ६८२८१ बाट नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.ले रु. ५,००,००,०००/—, मिति २०७१।११।२० मा भौचर नं. ६७२७४ बाट संगिता पाठक र गिता पाण्डेयले रु.१,२४,००,०००/— सोही मितिको भौचर नं.६७२७० बाट ऐ.ऐ. ले रु.२,५०,००,०००/—, मिति २०७१/११/२२ मा भौचर नं. ६७२७६ बाट ऐ.ऐ. ले रु.१,१७,५६,०००/—, मिति २०७१।११।२२ मा भौचर नं.६७२८० बाट सुमित्रा पराजुलीले रु.४,२२,४४,१९९/— रकम दाखिला गरेको समेतका तथ्यहरु हेर्दा लिलामी खारेज हुनुपर्ने प्रष्ट देखिन्छ ।
-
लिलामी सूचनाको शर्त नं. ४ मा बोलपत्र साथ कवुल गरेको अंकको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने भनी उल्लेख भएको अवस्थामा बोलपत्र दाताहरुले उक्त १० प्रतिशत रकम मिति २०७१/१०/१९ मा मात्र दाखिला गर्नु भएको र बोलपत्र शर्त नं. ४ र ६ अनुसार आफूले लिलाममा लिन चाहेको सम्पत्तिको विवरण अनिवार्य रुपमा भौचरको पछाडि उल्लेख गनुपर्ने तर नगरिएको बोलपत्र नै अस्वीकृत हुने अवस्था रहेको प्रष्ट हुन्छ । साथै लिलाम सूचनामा उल्लेख शर्त विपरीत १५ दिनको म्याद नघाई पछि गएर मात्र थप ९० प्रतिशत रकम जम्मा गर्नु इत्यादी विभिन्न गैर कानूनी तथा त्रुटिपूर्ण कार्यहरु भए गरेको प्रष्ट हुन्छ ।
-
लिलाम बिक्रीको सूचना वा बोलपत्रमा उल्लेखित शर्तहरुको कानुन सरहका शर्त हुन् जुन बोलपत्रमा भाग लिने व्यक्ति र बोल कबोल गराउने व्यक्ति अर्थात् ऋण असुली अधिकृतले अनिवार्य रुपमा कानुन सरह नै पालना गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तिय संस्थाको ऋण असुली नियमावलीको नियमहरु तथा लिलाम बिक्रीको सूचना वा बोलपत्रमा उल्लेखित शर्तहरुको ऋण असुली अधिकृत र खरीदकर्ता (बोलपत्रमा भाग लिने) हरुबाट स्पष्ट रुपमा पालना भएको छैन । लिलाम सम्बन्धी कार्य पूर्ण रुपमा बदर योग्य रहेको प्रष्ट हुन्छ ।
ऋण असुली न्यायधिकरण/अधिकृतबाट भए गरिएका त्रुटिहरु र थप गैरकानूनी काम कारवाही
-
ऋण असुली अधिकृतबाट भएको फैसला कार्यान्वयनको प्रक्रियामा म उद्योगीलाई कुनै तारेखमा राखिएको छैन । मूल्याङ्कन गरिएको तथ्यका सम्बन्धमा पनि कुनै रुपबाट मलाई जानकारी गराइएको छैन ।
-
लिलाम बिक्री भन्नाले धितोमा रहेको सम्पूर्ण सम्पत्तिको प्रचलित बजार भाउ अनुसार न्यायोचित मूल्याङ्कन गरी लिलाम बिक्री गर्नु पर्ने अनिवार्य अवस्था बैंक तथा वित्तिय संस्थाको ऋण असुली नियमावली, २०५९ को नियम २७, २८ र २९ मा प्रष्ट गरिएको छ ।
-
सम्पूर्ण सम्पत्तिलाई ऋण असुली अधिकृतले अवमूल्याँकित गर्नु भएको प्रष्ट हुँदा—हुँदै पनि सो तर्फ ऋण असुली न्यायाधिकरणले प्रवेश नै नगरी मिति २०७१/१०/१४ मा गरेको आदेश स्पष्ट रुपमा त्रुटिपूर्ण छ ।
-
ऋण असुली न्यायाधिकरणबाट फैसला हुँदा फैसलाको प्रकरण नं. ९ मा सोल्टीमोड, वाफलको साविक कि.नं. ६३९ र ६४२ को भवन—जग्गाबाट समेत बैंकको लेना रकम भराई दिनु भनी फैसला भएको छ । अर्थात् फैसलाले पनि उक्त कित्ताहरुमा रहेको भवन—जग्गा अर्थात् जम्मा साविक क्षे. फ. ०–११–१–० को भवन—जग्गाबाट बैंकको साँवा ब्याज रकम असुल उपर गर्नुपर्ने भनी ठहर गरेको अवस्था छ ।
-
ऋण असुली अधिकृतले मिति २०७१/०९/१३ को लिलाम बिक्रीको सूचना प्रकाशित गर्दा एकै कम्पाउण्डबल भित्र रहेको उक्त साविक कित्ता भवन—जग्गालाई लिलाममा नचढाएको र कुनै मूल्याङ्कन समेत नगरेको कार्य ऋण असुली न्यायाधिकरणको आफ्नै फैसला विपरित हुन गएको अवस्थामा समेत उक्त लिलामी मुचुल्का तथा सूचनालाई बदर नगरिएको कार्य कानून प्रतिकुल रहे भएको प्रष्टै हुन्छ ।
-
मिति २०७१/०९/१३ मा श्री ऋण असुली अध्यक्ष र सदस्यहरुको पद रिक्त भएको समय ऋण असुली अधिकृतबाट खरीदकर्ता र रा. बा. बैंकसँग मिलेमतोमा त्रुटिपूर्ण र सम्पूर्ण सम्पत्तिहरु अवमूल्याङकन गरी लिलामी निकाल्ने कार्य गरिएको छ ।
-
ऋण असुली नियमावली अनुसार दुई जना स्थानीय व्यक्तिहरु रोहवरमा राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ तर ऋण असुली अधिकृतबाट सम्पूर्ण प्रकृयामा कही कतै पनि दुई जना स्थानीय व्यक्तिहरु रोहवरमा राखिएको छैन, ऋण असुली नियमावली विपरीत सो नगर्नु त्रुटिपूर्ण र मिलेमतो रहेको स्पष्ट छ ।
-
मिति २०७१/१०/१३ मा श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिबाट लिलामी रोक्न श्री ऋण असुली न्यायाधिकरणलाई जारी भएको पत्रको पूर्ण रुपमा अवहेलना गरेको स्पष्ट देखिन्छ ।
-
श्री ऋण असुली पुनरावेदन न्यायाधिकरण समक्ष मिति २०७१/१०/२० मा निवेदन दर्ता गरेपछि श्री ऋण असुली न्यायाधिकरणलाई मिति २०७१/१०/२७ मा कैफियत प्रतिवेदन माग भएकोमा, श्री ऋण असुली न्यायाधिकरणबाट धेरै समय लगाइ मिति २०७१/१२/०३ मा कैफियत प्रतिवेदन पेश भएको ।
म निवेदकले मिति २०७१/१२/०५ मा पुनरावेदन न्यायाधिकरणबाट आवश्यक कागजातको नक्कल सारी हेर्दा लिलाम सकार गर्ने व्यक्तिहरु र ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूको आपसी मिलेमतो र साँठ—गाँठमा गैरकानूनी काम कारवाहीलाई निरन्तरता दिएको प्रष्ट देखिन्छ ।
ऋण असुली अधिकृतसमेतबाट भए गरिएको मूल्याङ्कन, लिलामी सूचना, लिलाम सकार लगायतका सम्पूर्ण गैरकानुनी काम कारबाही बदर गरी पाउन तथा दा. खा. नामसारी सम्बन्धी कार्य अन्तरिम आदेशबाट रोकी पाउन माग गरी सम्मानित सर्वोच्च अदालत समक्ष मिति २०७१/१२/१८ मा रिट दायर गरेकोमा सम्मानित अदालतबाट अ. आ. छलफलको लागि मिति २०७१/१२/३० को पेशी तारेक तोकी प्रत्यर्थीहरुलाई झिकाउने भनी सम्मानित सर्वोच्च अदालतबाट मिति २०७१/१२/१९ मा आदेश भए अनुसार जारी ऋण असुली अधिकृतको नाउँमा मिति २०७१/१२/२२ , र अन्य प्रत्यर्थीहरु मध्ये संगिता पाठकको नाउँमा मिति २०७१/१२/२५, गिता पाण्डेय र नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. को नाउँमा मिति २०७१/१२/२७ र सुमित्रा पराजुलीको नाउँमा मिति २०७१/१२/२९ मा म्याद तामेल भएको थियो ।
लिलाम सकार गर्ने प्रत्यर्थीहरुले दा. खा. पत्र उपलब्ध गराई पाँउ भनी ऋण असुली अधिकृत समक्ष मिति २०७१/१२/२७ मा निवेदन दिएको र ऋण असुली अधिकृतले लिलाम सकार गर्ने व्यक्ति संस्थाको नाँउमा जग्गा दा.खा. गर्न मिति २०७१/१२/२९ मा निर्णय गरी सबै मा. पो. का. हरुलाई सोही मितिमा पत्राचार गर्ने कार्य भएको छ । दा. खा. नामसारी हुने, नहुने सम्बन्धमा मिति २०७१/१२/३० मा अ. आ. छलफलको लागि पेशी तोकिएको र सोको म्याद सूचना ऋण असुली अधिकृत लगायत सबै प्रत्यर्थीहरुले प्राप्त गरि सके पश्चात कामकारवाही यथाअवस्थामा राखी सम्मानित अदालतबाट हुने अन्तरिम आदेश छलफलको प्रतीक्षा गरी सम्मानित अदालतसमक्ष समर्पण गर्नुपर्नेमा सम्मानित अदालतबाट जारी भएको आदेशलाई बेवास्ता, अनादर गर्ने, सम्मानित अदालतको न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गर्ने किसिमले प्रत्यर्थी ऋण असुली अधिकृत अस्मान तामाङ ज्यूले सम्मानित सर्वोच्च अदालतमा मुद्दा प्रभावित हुने गरी मिति २०७१/१२/२९ मा दा. खा. नामसारी सम्बन्धी कार्य गरेको प्रस्ट छ । सबै प्रत्यर्थीहरुले एक—आपसमा मिलेमतो साँठगाँठ गरी, कलुशित भावना राखी दुसित मनसायका साथ जानाजानी अन्तरिम आदेश छलफलको विषयवस्तुलाई निष्कृय तुल्याउने कार्य भए गरिएको प्रस्ट छ ।
सम्माननीय सर्वोच्च अदालतमा मुद्दाहरु हुदाँ—हुदैँ खरीदकर्ता राजेन्द्र पाण्डे, अध्यक्ष , नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले बोलपत्र मार्फत लगभग रु. ५(पाँच) करोड पचासी लाखमा मात्र बोलपत्र मार्फत खरीद गरेको उक्त सोल्टीमोड, वाफलको घर—जग्गालाई धितोमा राखी रु.१,५२,४८,०५,६०२/— कर्जा प्राप्त गरेको
खरीदकर्ता राजेन्द्र पाण्डे, अध्यक्ष नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले सकार गरेको जग्गामा सम्माननीय सर्वोच्च अदालतमा मुद्दाहरु हुदाँ—हुदैँ बैंक समक्ष गैर कानूनी रुपमा धितो राखी कर्जा उपभोग गरेको तथ्य मौखिक रुपमा सुन्न आए पश्चात मालपोत कार्यालय कलंकीमा गई विभिन्न कागजातहरुको नक्कल मिति २०७२/१२/१७ मा सारी हेर्दा नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. अध्यक्ष मा. राजेन्द्र प्रसाद पाण्डे सहितको संचालक समितिले मिति २०७२/०१/२८ मा बैंकहरुसँग (नेपाल इन्भेष्टमेन्ट बैंक लि., एन आई डि.सी. डेभलपमेण्ट बैंक लि., कुमारी बैंक लि, एस डेभलपमेण्ट बैंक लि, सिभिल बैंक लि. ‘बैंक अध्यक्ष, इच्छा राज तामाङ स्वयं नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. का शेयरधनी समेत’, नेपाल क्रेडिड एण्ड कमर्स बैंक लि., नेपाल बंगलादेश बैंक लि., प्रुडेन्सियल फाइनान्स लि.) सहवित्तियकरण कर्जा लिने र उक्त कर्जाको लागि कालीमाटी सोल्टीमोडको कि.नं. २१४ र ३० (साविक कि.नं. ८९, ३७२, ३७३ र ३७४) समेतको जग्गा बैंकमा धितो राख्ने निर्णय गरी, मिति २०७२/०१/२९ मा लिखत तयार गरी बैंकहरुले मा.पो.का. कलंकीबाट मिति २०७२/०१/३१ मा कर्जा कारोबारको निमित्त दृष्टिबन्धक लिखत पास गर्ने गराउने गैर कानूनी काम कारवाही गरेको तथ्य अवगत हुन आएको थियो ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले लगभग रु. ५(पाँच) करोड पचासी लाखमा मात्र बोलपत्र मार्फत खरीद गरेको उक्त सोल्टीमोड, वाफलको घर—जग्गालाई धितोमा राखी रु. १,५२,४८,०५,६०२/— (अक्षरेपी रु. एक अर्ब बाउन्न करोड अठचालिस लाख पाँच हजार छ सय दुई मात्र) कर्जा प्राप्त गरेको तथ्य पछि मिति २०७२/१२/१७ मा कलंकी मालपोतको मिति २०७२/०१/३१ को तमसुक र. नं. ५५(ग) बाट थाहा पाएको जानकारी गराउन चाहन्छु ।

मिति २०७२/२/२९ मा सम्माननीय श्री सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी
मिति २०७१/१२/३० मा अ. आ. छलफलको लागि पेशी नै चढाएको, पुन: मिति २०७१/०१/०६, मिति २०७१/०१/१३ (मिति २०७१/०१/१२ र मिति २०७१/०१/२९ मा भूकम्प गएको), मिति २०७१/०२/०३ मा पेशी तोकिएको तर पेशी नभएको ।
मिति २०७२/२/२९ मा ‘उक्त घर जग्गाहरु तत्काल अरुलाई बिक्री वितरण बा हक हस्तान्तरण भएमा निवेदकको अपूर्णीय क्षति (irreparable loss) हुने सक्ने देखिदाँ ’ भनी सम्माननीय श्री सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी भएको ।


