रक्षक नै भक्षक
सम्माननीय प्रधानमन्त्रीज्यू श्री बाबुराम भट्टराई ज्यूद्वारा
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा ज्यू र
राष्ट्रिय वाणिज्य बैंक कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यूलाई
निर्यात उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीज पुन: सुचारु गर्न निर्देशन
मिति २०६९/०९/२५ मा स्वयं प्रधानमन्त्रीज्यूले श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिहंदरबारमा नेपाल राष्ट्र बैंक तत्कालिन गभर्नर युवराज खतिवडा ज्यू, राष्ट्रिय वाणिज्य बैंक तत्कालिन कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यू र श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका तत्कालिन सचिव कृष्ण हरि बास्कोटा ज्यू सित छलफल गरी समस्या समाधान गर्न र निर्यात उद्योग पुन: सुचारु गर्न निर्देशन दिनुभएको थियो ।
मिति २०६८/०८/१८ मा हेल्लो सरकार मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू श्री बाबुराम भट्टराई ज्यूलाई प्रमाणहरु सहित सम्पूर्ण जानकारी गराइ ‘राष्ट्रिय बाणीज्य बैकबाट ऋण असुली न्यायाधिकरणमा दर्ता भएको निवेदन तथ्य प्रमाणको अभावमा खारेज हुनु पर्ने ठाउँमा तत्कालीन माननीय मन्त्रीको दवावमा यस उद्योग विरुद्ध ऋण असुली न्यायधिकरणबाट भएको फैसला कार्यान्वयन रोकी पाऊँ तथा यस उद्योगलाई राष्ट्रिय बाणीज्य बैकको ऋणबाट मुक्त (कर्जा राफसाफ) गरी पाऊँ’ भनी निवेदन गरेको थिए ।
मिति २०६८/१०/०८ मा पुन: सम्माननीय प्रधानमन्त्री श्री बाबुराम भट्टराई ज्यूलाई “महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजको कारोबार सुचारु गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैक विशाल बजार काठमाडौँ शाखाको बोर्ड बैठक नं. १४ मिति २०५८/०४/१७ को बोर्डले निर्णय गरी रा.बा. बैंक केन्द्रिय कार्यालय, सिहंदरबार लाई लेखेको मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९ को आधारमा हिसाब रफासफा गर्ने सम्बन्धमा” निवेदन दिएको थिए ।
तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री बाबुराम भट्टराई ज्यूको निर्देशानुसार समस्या समाधान र उद्योग सुचारु गर्न तर्फ पहल अनुरुप श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट उक्त निवेदन उपर छानबिन र कारवाही सुरु गरिएको थियो ।
मिति २०६९/०९/२५ मा स्वयं प्रधानमन्त्रीज्यूले श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिहंदरबारमा नेपाल राष्ट्र बैंक तत्कालिन गभर्नर युवराज खतिवडा ज्यू, राष्ट्रिय वाणिज्य बैंक तत्कालिन कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यू र श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका तत्कालिन सचिव कृष्ण हरि बास्कोटा ज्यू सित छलफल गरी समस्या समाधान गर्न र निर्यात उद्योग पुन: सुचारु गर्न निर्देशन दिनुभएको थियो ।
तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री बाबुराम भट्टराईज्यूले निर्देशन गरेपछि पनि कुनै response र reply नपाएपछि म उद्योगीले माननीय गभर्नरज्यूलाई मिति २०६९/१०/१४ र पुन: मिति २०६९/१०/२८ मा समस्या समाधान गरिदिनुहुन निवेदन दिएको थिए ।
पछि पुन: मिति २०६९/११/१३ र मिति २०६९/११/१६ मा तत्कालिन गभर्नर युवराज खतिवडाज्यू (बोधार्थ तत्कालिन सम्माननीय प्रधानमन्त्री ज्यू) लाई श्री प्रधानमन्त्री कार्यालयमा मिति २०६९/०९/२५ मा भएको छलफल बमोजिम समस्या समाधान गर्न निवेदन दिएको थिए ।
म उद्योगीले रा. बा. बैंक कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यूलाई श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रतिनिधिका साथ रा. बा. बैंक केन्द्रिय कार्यालयमा भेट गरेर समेत गैरकानुनी कार्यहरु र दोषीहरु उपर कारवाही, हिसाब राफसाफ गर्न र उद्योग सुचारु गर्न अनुरोध गरेको थिए । रा. बा. बैंक कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यूले छिट्टै सम्पर्क गर्ने आश्वासन दिए तापनि म उद्योगीले रा. बा. बैंक केन्द्रिय कार्यालयमा सम्पर्क गर्दा पनि कुनै response नआएको जानकारी गराउन चाहन्छु ।
मिति २०६९/११/१७ मा रा. बा. बैंक कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यूलाई पुन: लिखित निवेदन दिएको थिए ।
पटक—पटक निवेदन दिए पनि सम्पर्क गर्दा पनि कुनै जवाफ नआएपछि श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिहंदरबारमा सम्पर्क गरेको थिए । मिति २०६९/१२/१९ मा श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्देशन तथा श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमार्फत मिटिङ्गको लागि उपलब्ध गराइएको समयमा गभर्नर युवराज खतिवडाज्यूलाई नेपाल राष्ट्र बैंक, बालुवाटारमा भेट गरी समस्या समाधान विषयमा छलफल गरी समाधान गर्न निवेदन गरेको थिए ।
उद्योगको कारोबार बन्द गरे देखि आफ्नो साँवा ऋण तिर्न तयार रहेको भनी पत्रपत्रिकामा प्रेस रिलिज समेत गरी जानकारी गराएको तर रा. बा. बैंकलाई कर्जा राफसाफ गर्न के समस्या हो मैले बुझ्न नसकेको भनी गभर्नर युवराज खतिवडाज्यू समक्ष गुनासो पनि गरेको थिए साथै मेरो निर्यात उद्योग सुचारु गराइदिन सादर अनुरोध गरेको थिए ।
सम्माननीय प्रधानमन्त्री श्री बाबुराम भट्टराईज्यूले गरेको निर्देशन बावजुद समस्या समाधानका लागि गभर्नर युवराज खतिवडाज्यूबाट कार्यवाही नभएको जानकारी गराउन चाहन्छु ।
रा. बा. बैंक कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा ज्यूले बेवास्ता गर्दै गए । उद्योगीले प्रयास गर्दा समेत बैंकले समस्या समाधान र हिसाब राफसाफ गर्न तर्फ चासो र तत्परता नदेखाएको जानकारी गराउन चाहन्छु ।
तत्कालिन सम्माननीय प्रधानमन्त्रीज्यू श्री बाबुराम भट्टराई ज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडा ज्यू, रा.बा. बैंक केन्द्रिय कार्यालय कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्माज्यूलाई मिति २०६९/०९/२५ मा मिटिङ्ग गरी उद्योगको समस्या समाधान गरी उद्योग सुचारु गर्न निर्देशन दिदाँ समेत नेपाल राष्ट्र बैंक गम्भीर देखिएन र राष्ट्रिय वाणिज्य बैंकले अवज्ञा गरेको थियो।








